close

सरकारले पुर्‍यायो ९३०० सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट

टेकपाना टेकपाना

फागुन २०, २०७६ १३:३८

सरकारले पुर्‍यायो ९३०० सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं । सरकारले देशभरका नौ हजार तीन सय स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याएको छ । देशका सम्पूर्ण स्थानीय निकाय, सामुदायिक स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधामा सहजीकरण गर्ने उद्देश्यका साथ तीब्र गतिको इन्टरनेट विस्तार गरिएको हाे ।

सूचना प्रविधि प्रयोगको समान अवसर प्रदान गर्ने आधारको रुपमा ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच विस्तारको यो कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत सञ्चालनमा छ । जसअनुसार अनुसार हालसम्म चार सय २१ स्थानिय निकाय तहमा तीब्र गतिको इन्टरनेट पुगेको छ । ती स्थानीय तहका कार्यालय, ३ हजार पाँच सय ३० वटा वडा कार्यालय, दुई हजार चार सय ८१ स्वास्थ्य केन्द्र र दुई हजार ८३९ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरि दुई वर्ष अघिबाट सुरु भएको यो परियोजनालाई विभिन्न १८ वटा प्याकेजमा विभाजन गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा करिब ८५ प्रतिशत सम्पन्न भइसक्ने प्राधिरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०