close

सावधान ! कोरोना भाइरसको त्रास बन्यो ह्याकरको हतियार, एक क्लिकले बनाउन सक्छ ठगीको शिकार

टेकपाना टेकपाना

फागुन २०, २०७६ १२:३७

सावधान ! कोरोना भाइरसको त्रास बन्यो ह्याकरको हतियार, एक क्लिकले बनाउन सक्छ ठगीको शिकार

काठमाडौं । यदि तपाईं इन्टरनेटमा कोरोना भाइरस सम्बन्धी जानकारीको खोजी गर्दै हुनुहुन्छ भने, तपाईंले यो खबर पढ्न जरुरी छ । कोरोना भाइरसले विश्वभर त्रासको वातावरण सिर्जना गरेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमित बिरामी फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले  उच्च जोखिमपूर्ण मुलुकको सूचीमा राखेको छ । 

कोरोना भाइरस, संसारभर एउटा त्रासदीको पर्यायवाची भएको छ । जुन अब ठगहरूको हतियार पनि हो । यस मार्फत व्यक्तिगत डाटा मात्र नभएर तपाईंको बैंक खाता नै रित्याउन सक्छन् । एक क्लिकको भरमा तपाईं निश्चित रूपमा साइबर ढगीको शिकार बन्न सक्नुहुन्छ।

कोरोना भाइरस सम्बन्धी सूचना, सतर्कता र सावधानीसँग सम्बन्धित कुनै पनि ईमेल वा व्हाट्सएप सन्देशमा कुनै एउटा क्लिकले तपाईंलाई साइबर फ्रडको शिकार बनाउन सक्छ। 

वास्तवमा गत वर्षको नोभेम्बरमा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले सम्पूर्ण विश्वलाई हल्लाएको छ। सबैजना यो भाइरसको खबरबाट डराउँछन् र यो डर ह्याकरहरूले हतियार बनाएका छन् ।

ह्याकर्सले कोरोना भाइरस, सावधानी, पत्ता लगाउने विधि, बच्ने उपाय जस्ता नाममा ईमेल सन्देशहरू, व्हाट्सएप म्यासेजहरू र लेखका लिंकहरू पोष्ट गरिरहेका हुन्छन् । ती लिंक गर्दा वा वेब पृष्ठ भिजिट गर्दैगर्दा तपाइँको व्यक्तिगत डेटा चोरी हुन सक्दछ।

ईमेल ह्याकरहरूले कुनै पनि एनजीओ वा विश्व स्वास्थ्य संगठन वा नक्कली सरकारी संगठनको नाममा विश्वास कायम राख्न ईमेल पठाउँछन् । ताकि कुनै शंका नहोस् । यस बाहेक त्यस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, जसबाट मानिसहरू डराउँछन् वा ईमेलमा लिंकमा उत्सुकताका साथ क्लिक गर्छन्।

क्लिक गर्दा व्यक्तिगत जानकारी, सन्देशहरू, अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा रुट ट्रान्जेक्सनसँग जोडिएका सबै जानकारीहरू पासवर्डको सहित सिधै ह्याकरको हात लाग्छ । यस्तो अवस्थामा केही मिनेटभरमै तपाईंको बैंक खाता रित्तिन सक्छ । 

यससँगै व्यक्तिगत जानकारी मात्रै लिक नभएर तपाईंको ईमेल, ह्वाट्सएप र म्यासेज लगायतका अन्य व्यक्तिसँग सम्बन्धित जानकारी पनि ह्याकरहरूसम्म पुग्न सक्दछ।

लिंक क्लिक हुने बित्तिकै सम्पूर्ण प्रणाली ह्याक गर्न सकिन्छ। समाचारमा आएअनुसार कोरोना भाइरसको नाममा ईमेल र एसएमएस मार्फत, ठगहरू जापान, संयुक्त राज्य अमेरिका र बेलायतमा  शक्रिय भइसकेका छन् । अब ह्याकरहरू बढी जोखिम र सन्त्रस फैलिएका मुलुकमा समेत नजर लगाइरहेको जानकारहरुको विश्लेषण छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०