close

कुनै समय टेलिफोनका लागि मन्त्रिको तोक लगाउन गएको थिएँः सञ्चारमन्त्री खतिवडा

टेकपाना टेकपाना

फागुन २०, २०७६ १५:३१

कुनै समय टेलिफोनका लागि मन्त्रिको तोक लगाउन गएको थिएँः सञ्चारमन्त्री खतिवडा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले टेलिफोन लाइनका लागि तोक लगाई माग्न आफू मन्त्रीसम्म पुग्नुपरेको बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्क्रममा बोल्दै मन्त्री खतिवडाले २७ वर्ष अघिको घटना स्मरण गरेका हुन् ।

२०४९ सालतिर टेलिफोन सेवा लिनका लागि आफू मन्त्रीकहाँ तोक लगाइदिन आग्रह गर्न गएको बताए । ‘२०५७ सालतिर म संयोगले दूरसञ्चार संस्थानको बोर्डमा पुगेँ । बोर्ड सदस्यको रुपमा मलाई पनि कसैले गरेको पहिलो आग्रह टेलिफोन लाइनका लागि तोक लगाउने नै थियो । तर, मैले तोक लगाउने कुरा त्यही समयदेखि अन्त्य हुनुपर्छ भनेर तोक लगाइनँ,’ मन्त्री खतिवडाले भने ।

अब तोकको भरमा फ्रिन्वेन्सी र सुविधा दिने कुरा क्रमशः हट्दै जानुपर्नेमा उनले जोड दिए । उनले कसैलाई देशको स्रोत संसाधन दिदाँ के कति आम्दानी र ग्राहकलाई कति सहयोग हुन्छ भन्ने कुराको निर्क्योल गर्नुपर्ने बताए । ‘नियामक जस्तो निकायले मुख हेरेर वा दबाबमा परेर सेवा सुविधा दिने कार्यको अन्त्य हुनुपर्छ । यस हिसावले प्राधिकरणलाई स्वतन्त्र नियामक र व्यवसायिक रुपमा अघि बढ्न आग्रह गर्छु,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०