close

कोरोनाबाट बच्न दिनमा दुईपटक सफा गर्नुहोस् आफ्नो मोबाइल

टेकपाना टेकपाना

फागुन २०, २०७६ १८:१

कोरोनाबाट बच्न दिनमा दुईपटक सफा गर्नुहोस् आफ्नो मोबाइल

काठमाडौं । कोरोना भाइरसबाट बच्न दिनमा दुई पटक आफुले प्रयोग गर्ने फोन सफा गर्न वातवरणीय स्वाथ्यसँग सम्बन्धीत अनुसन्धानकर्ताले आग्रह गरेका छन् ।

त्यसका लागि वाइप्स अथवा मोबाइल सफा गर्ने अल्कोहल प्रयोग गर्नुपर्ने उल्लेख छ । यसरी सफा गर्दा कोरोना भाइरस फैलिनबाट रोक्न मद्धत पुग्ने जनाइएको छ ।

कोरोना भाइरस मोबाइलको स्क्रिन जस्तो समतल सतहमा एक हप्तासम्म बाँच्ने बताउँदै अनुसन्धानकर्ताले भनेका छन, ‘मोबाइलको स्क्रिन सबैभन्दा प्रमुख पार्ट हो ।’

‘तपाईंले कोरोनाबाट बच्न आफ्नो हात साबन लगाएर धुनु भयो, तर त्यसपछि मोबाइल फोन चलाउन थाल्नु भएको खण्डमा मोबाइल नै कोरोना सर्ने एउटा माध्ययम हुनेछ,’ साउथह्याम्टन विश्वविद्यालयका प्राध्यापक विलियम केभिलले भनेका छन्, ‘मोबाइलको स्क्रिन जस्तो स्थान भाइरस लुक्ने उपयुक्त स्थान हो । त्यसैले यसलाई सफा गरिराख्नु पर्छ ।’

कोरोना भाइरसबाट हालसम्म विश्वमा ८० हजार मानिस प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०