close

नयाँ टेलिकम कम्पनीको व्यवसायिक संभावना

टेकपाना टेकपाना

फागुन २१, २०७६ १३:९

नयाँ टेलिकम कम्पनीको व्यवसायिक संभावना

बजारमा सीजी टेलिकमको चर्चा उत्कर्षमा छ । दूरसञ्चार क्षेत्रबाट मैले आफ्नो करियर सुरु गरेको हुँदा सीजी टेलिकम र यसको प्रोजेक्ट लाइफासाइकलको विषयमा आफ्नो धारणालाई सेयर गर्न चाहन्छु । मैले यो आलेखमा विभिन्न तहमा कसरी जीत जीतको अवस्था सिर्जना गर्न सकिन्छ भनेर पनि आफ्नो धारणा राखेको छु ।

नेपालमा सीजी वा अन्य टेलिकमको आवश्यकता किन ?

नेपाल टेलिकमले २००३ देखि जीएसएम नेटवर्कमा आफ्नो सेवा सुरु गर्यो । उसको एकाधिकारलाई तोड्न यूटीएल अस्तित्वमा आयो । त्यसपश्चात मेरो मोबाइल (हालको एनसेल) उदय भयो, जसले आफ्नो सेवा देशव्यापीरुपमा सुरु गर्‍यो ।

हालको तथ्यांक हेर्ने हो भने नेपाल टेलिकमका करिब ४१ सय बीटीएस टावर छन् भने एनसेलको करिब २९ सय बीटीएस टावर देशभर रहेका छन् । टुजी, थ्रीजी र फोरजी हुँदै देशभरका मानिसहरु जोडिन थाले ।

भविष्य अब डेटामा आधारित छ । फोरजी र फाइभजी त्यसका महत्वपुर्ण आधार हुन् । यो नयाँ ट्रेण्डले नयाँ उदीयमान बजार र प्रविधि कम्पनीहरुलाई थप धेरै अवसर पनि दिनेछ । यदि कुनै पनि नयाँ टेलिकम कम्पनी बजारमा प्रवेश गर्न चाहन्छ भने उसले थप परिष्कृत सेवा र योजनाका साथ आउनुपर्छ ।

इतिहास हेर्ने हो भने एनसेल थ्रीजी पुस्ताको नेटवर्कबाट अर्ध शहरी क्षेत्र कब्जा गर्ने रणनीति सहित आएको थियो । यसका लागि उसले व्यापक सिम वितरणको नीति पनि लिएको थियो । पछि नेपाल टेलिकमलाई पनि थ्रीजी प्रोजेक्टलाई फोरजीमा सिफ्ट भएर नयाँ दौड सुरु गर्न दबाब सिर्जना गर्यो । यसैको परिणाम हो, नेपाल टेलिकमले अहिले सुरु गरेको फोरजी परियोजना ।

औद्योगिक अवसर

टेलिकम उद्योगलाई सधैं ठूलो संख्यामा प्रविधिविज्ञहरुको खाँचो हुन्छ । नेपाल जस्तो देश कभरेज गर्नका लागि सीजीले देशैभर बीटीएस टावर स्थापना गर्नुपर्नेछ । सीजी टेलिकमलाई तीन चरणमा छुट्याएर हेरौं ।

पहिलो चरणको योजनामा उसले हजार बीटीएस टावर स्थापना गर्नसक्छ । दोस्रो चरणमा १५ सय टावर र तेश्रो चरणमा दुई हजार टावर स्थापना गर्ने रणनीति बनाउन सक्छ ।

टावरको लागत विश्लेषण (रुपैयाँमा)

शिर्षक२४ मिटरको टावर८ मिटरको टावर
टावरको लागत४, ५०, ०००१, ००, ०००
इरेक्सन तथा पेन्टिङको लागत १, ००, ०००१, ००, ०००
सिभिल वर्क १, ५०, ०००१, ५०, ०००
इन्स्टलेसनको लागत१, ५०, ०००१, ५०, ०००
इलेक्ट्रिकल वर्कको लागत५०, ०००५०, ०००
टावर इन्स्टलेसनको लागत१, ५०, ०००१, ५०, ०००
पावर कनेक्सनको लागत१, ००, ००० १, ००, ०००
कुल लागत ११, ५०, ००० ८, ००, ०००

यो लागत विश्लेषण नेपाल टेलिकम तथा जेडटीई परियोजनामा आधारित छ । यो अनुमानित लागत हो ।

यो प्रोजेक्टलाई तीन चरणमा विभाजन गर्न सकिन्छ ।

टावर संख्या
चरण २४ मिटर ८ मिटर
पहिलो २०० ८००
दोश्रो ४०० १, १००
तेश्रो १, २०० ८००

पाँच वर्षे प्रोजेक्ट प्लान

टावरको लागत अनुमान (रु)
उचाई २४ मिटर ८ मिटर जम्मा
पहिलो २३, ००, ००, ००० ६४, ००, ००, ००० ८७, ००, ००, ०००
दोस्रो ४६, ००, ००, ००० ८८, ००, ००, ००० १, ३४, ००, ००, ०००
तेस्रो२४, ००, ००० ६४, ००, ००, ००० ६४, २४, ००, ०००
आवश्यक कर्मचारी र लागत
तहमासिक पारिश्रमिक आवश्यक कर्मचारीपाँच वर्षको पारिश्रमिक
पाँचौं ३, ००, ००० १५ २७०, ०००, ०००
चौंथो १, ५०, ००० ३० २७०, ०००, ०००
तेस्रो १, ००, ००० ५० ३००, ०००, ०००
दोस्रो ८०, ००० ५०० २४००,०००, ०००
प्रथम ५०, ००० ५०० १५००, ०००, ०००
आधारभूत३०, ००० ३०० ५४०,०००, ०००
कुल१३९५ ५२८०, ०००, ०००

हालको नेपालको टेलिकम परिवेशमा आधारित भएर कम्पनीमा आवश्यक कर्मचारी र लागतको हिसावले अनुमानित तथ्याङ्क निकालिएको हो ।

यसअलावा यो परियोजनाबाट लाभान्वित हुने सब कन्ट्रयाक्टर र विक्रेताहरु सयौंको संख्यामा हुनेछन् । यी कम्पनीहरु र उनीहरुको अपेक्षित व्यवसायिक आकारलाई विभाजन गरी हेरौं ।

भेण्डरको व्यवसाय
भेण्डर संख्याएउटा भेण्डरको व्यवसायकूल व्यवसाय
१०० ४, ००, ००, ००० ४, ००, ००, ००, ०००

यस हिसावले टेलिकमजस्तो एउटा उद्योगले नेपाल जस्तो मुलुकलाई २१ अर्ब सात करोड २४ लाख भन्दा धेरै व्यवसायिक मूल्य दिनसक्छ । टेलिकम उद्योगमा धेरै किसिमका जनशक्ति र विज्ञहरुको आवश्यकता पर्छ ।

टेलिकमका कर्मचारीको संख्याको कुरा गर्ने हो भने यस्तो ठूलो परियोजनालाई हाक्न १३९५ भन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रुपमा संलग्न गराउन आवश्यक हुन्छ । यो उद्योगका लागि सिभिल कन्स्ट्रक्सन, विद्युत प्राधिकरण, आर्किटेक्चर, इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियर, बजार विश्लेषक, डेटा इन्जिनियर, सेल्स, फाइनाइन्स, मार्केटिङ, मानव संसाधनको व्यवस्थापन र अन्य डिपार्टमेन्टका भेन्डरहरु आवश्यक पर्छ ।

सुरुवाती चरणमा १३५० जनाको टिम सदस्य आवश्यकता हुने अपेक्षा गरिएको छ भने अप्रत्यक्ष समेत गरी यो उद्योगमा १० हजार रोजगारी सिर्जना हुने देखिन्छ ।

टेलिकम प्रतिस्पर्धा र फाइभजीमा नयाँ ट्रेण्ड

यसअलावा फाइभजी जस्तो नयाँ प्रविधि र उच्च गतिको इन्टरनेटसहित टेलिकम उद्योगले थप धेरै अवसरहरु दिने छ । नेपालसँग एआईमा आधारित ड्रोन प्रविधि विकास गर्ने ठूलो सम्भावना छ । नेपालमा हाल ड्रोन प्रविधि र कम्पनीहरु स्थापना हुने ठूलो अपेक्षा गर्न सकिन्छ ।

एकिकृत लाइसेन्स नीति

टेलिकम उद्योगका लागि लाइसेन्स नीतिमा परिवर्तन ल्याउन आवश्यक छ । सरकारले परिवर्तित स्थितिमा नियन्त्रण जमाउन नयाँ तरिकाहरु ल्याउनुपर्छ र नयाँ व्यवसायहरुलाई अवसर दिनुपर्छ । हामी पुरानो मनस्थिति र नीतिले इतिहास रच्न सक्दैनौं ।

सरकारले जनताको भलाईका लागि बजारले सिर्जना गर्न सक्ने अवसरतिर ध्यान दिनुपर्छ र त्यस्ता व्यवसायलाई निरुत्साहित गर्न पुरानो नीतिको सहारा लिन बन्द गर्नुपर्छ । यसो हुन सके नेपालको समृद्धिमा यसबाट व्यापक योगदान पुग्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०