close

अनलाइनबाट पैसा पठाउने सुविधा दिन खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता

टेकपाना टेकपाना

फागुन २१, २०७६ ९:४४

अनलाइनबाट पैसा पठाउने सुविधा दिन खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं । एप तथा वेबसाइटबाटै रेमिट्यान्स सेवा प्रदान गर्न खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सहकार्य सुरु भएको छ । कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सिटी एक्सप्रेस प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले सजिलै रकम पठाउन सक्नेछन् । यसरी पैसा पठाइसकेपछि पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्ने र सोही पिनका आधारमा सिटी एक्सप्रेसको तोकिएको एजेन्टको कार्यालयबाट सजिलै पैसा निकाल्न सक्नेछन् ।

हाल देशैभरका एक्सप्रेसका ७५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट रहेका छन् । साथै खल्ती प्रयोगकर्ताले छिट्टै देशैभरका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न समेत सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०