close

अमेजनले हटायो कोरोनाको उपचार गर्ने दाबी गरिएका १० लाख सामग्री

टेकपाना टेकपाना

फागुन २१, २०७६ १५:४८

अमेजनले हटायो कोरोनाको उपचार गर्ने दाबी गरिएका १० लाख सामग्री

एजेन्सी । कोरोना भाइरसको सन्त्रास विश्वव्यापीरुपमा फैलिरहेको समयमा व्यापारिक वर्गहरुले त्यसकको फाइदा उठाइरहेका छन् । तर ईकमर्स कम्पनी अमेजनले व्यापारीहरुका त्यस्ता क्रियाकलापमाथि रोक लगाउन थालेको छ । 

अनलाइन रिटेल प्लेटफर्म अमेजनले आफ्नो साइटमा राखिएका १० लाखभन्दा धेरै सामग्री हटाएको छ । त्यस्ता प्रडक्टले कोरोना भाइरसको रोकथाम र उपचार गर्ने दाबी व्यापारीहरुले गर्दै आएका थिए । 

बिहीबारको रोयटर्सको रिपोर्ट अनुसार अमेजनले उपभोक्ताबाट बढी मूल्य असुल गर्ने गरी आफ्नो साइटमा राखिएका हजारौं अन्य सामग्री समेत हटाएको छ । 

खराब व्यक्तिहरुले विश्व स्वास्थ्य संकटको अवस्थाबाट गुज्रिरहेको समयमा आधारभूत वस्तुहरुको मूल्यलाई कृतिम रुपमा बढाउने कुरा अमेजनलाई अमान्य भएको कम्पनीका प्रवक्ताले शुक्रबार बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०