close

फोन सफा गर्दा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

फागुन २१, २०७६ १८:३

फोन सफा गर्दा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

तपाईको फोन स्क्रिनमा कति धेरै बेक्टेरिया तथा कीटाणुहरु बसेका हुन्छन्, जुन तपाईंका आखाँले देख्न सक्दैनन् । फोन प्रयोग गरिरहँदा तपाईंको हात र अनुहार अधिकांश समय यसको सम्पर्कमा आउँछ । 

तर हाम्रो अनुहार र हातको सम्पर्कमा आउने यो डिभाइसलाई सफा राख्नु पर्छ भन्ने धेरैलाई थाहा छैन । थाहा हुनेहरुलाई पनि फोनलाई कसरी सफा गर्ने भनेर सही तरिका थाहा नहुनसक्छ । 

धेरैजनाले यसलाई कपडा, रुवा र कोलिनले पुछ्ने गर्छन् । तर यो गलत तरिका हो । आज हामी तपाईंलाई फोनको स्क्रिनलाई सुरक्षित तरिकाले पुछ्ने तरिकाको बारेमा बताउँदै छौं । 

तपाईं आफ्नो फोन सफा गर्दा यी गल्ती कहिल्यै नगर्नुहोस् । 

१. विण्डो तथा ग्लास क्लिनर 

तपाईं विण्डो क्लिनरले झ्याल र ऐनाहरु पुछ्नुहुन्छ । सिसा सफा गरेको देखेर तपाईं फोनलाई सफा गर्न पनि विण्डो क्लिनरको नै प्रयोग गर्नुहुन्छ । तर यो गलत तरिका हो । आईफोन एक्सआर जस्ता अहिलेका केही नयाँ फोनहरुमा प्रोटेक्टिभ कोटिङ पाइन्छ । जसले स्क्रिनलाई तेल र पानीबाट सुरक्षित राख्छ । 

तर त्यस्ता कोटिङ भएका फोनहरुमा तपाईंले कडा क्लिनर्सहरु प्रयोग गर्नुभयो भने यसले तपाईंको फोनको स्क्रिनलाई थप कमजोर बनाउँछ । यसले फोनको स्क्रिन स्क्य्राच हुने जोखिम बढाउँछ ।

२. किचेन क्लिनर

 क्लिनिङ एजेन्टहरुले फोनको स्क्रिनमा रहेको स्क्य्राच रेसिस्टेन्स गुणलाई केही असर गर्दैन । तर त्यहाँ रहेको प्रोटेक्टिभ कोडमा समस्या आयो भने चाहिँ सिंगो फोनमै समस्या आउनसक्छ । यसकारण हामीले फोन सफा गर्दा कहिल्यै पनि घरमा प्रयोग हुने सामग्रीले फोन सफा गर्नु हुँदैन ।

३. टिस्यु पेपर

टिस्यु पेपरहरु एकदमै धेरै प्रयोग हुन्छन् । कसैले यसलाई फोनको स्क्रिन पुछ्न पनि प्रयोग गर्छन् । तर यो गलत अभ्यास हो । 

४. रबिङ अल्कोहल

अहिलेका अधिकांश नयाँ फोनहरुमा प्रोटेक्टिभ कोटिङ राखिएका छन् । रबिङ अल्कोहल प्रयोग गरेर सफा गर्दा स्क्रिनमा रहेको कोटिङलाई त्यसले छिट्टै हटाईदिन्छ । जसले गर्दा फोनहरु स्क्य्राच जोखिममा पर्छन् । त्यसैले फोनको स्क्रिन क्लिनर किन्दा सधैं त्यसमा अल्कोहलको मात्रा भए/नभएको ख्याल गर्नुहोस् । एप्पलले फोन सफा गर्दा अल्कोहलको प्रयोग नगर्न सुझाव दिएको छ । 

५. मेकअप रिमुभर 

कतिपय मानिस फोनको स्क्रिन सफा गर्न मेकअप रिमुभर पनि प्रयोग गर्छन् । तर यस्तो केमिकल इलेक्ट्रोनिक स्क्रिनका लागि खतरनाक हुन्छ । यस्ता मेकअप रिमुभरको प्रयोग गर्नको साटो सफा नरम कपडामा थोरै पानी राखेर स्क्रिन सफा गर्नु बुद्धिमानी हुन्छ । 

६. दबाबयुक्त हावा

तपाईंको फोन एकदमै संवेदनशिल हुन्छ । यसकारण फोनको पोर्टहरुमा धेरै तीव्र गतिमा हावा छिर्न दिनु हुँदैन । यसले फोनमा क्षति पुर्‍याउँछ । विशेषगरी माइकमा क्षति पुग्ने जोखिम बढी हुन्छ ।यसकारण फोनको पोर्टहरु सफा गर्दा कहिल्यै मुखले साह्रो फुकेर सफा गर्नु पनि हुँदैन । 

७. भिनेगर

फोन सफा गर्दा भिनेगरको कहिल्यै प्रयोग नगर्नुहोस् । यसले स्क्रिन कोटिङलाई केरिदिन्छ । फोनको अन्य भागहरु सफा गर्न पानीमा थोरै भिनेगर राखी सफा गर्न सक्नुहुन्छ । एन्ड्रोइड सेन्ट्रलका अनुसार फोनको पछाडि र किनारा सफा गर्न बाफको पानी र भिनेगर आधा-आधा राखेर प्रयोग गर्न सक्नुहुन्छ । 

फोनको स्क्रिनबाट फिंगरप्रिन्ट छापहरु यसरी हटाउनुस्

तपाईंको छालाबाट लगातार चिल्लो पदार्थ उत्पन्न भइरहने हुँदा फोनको स्क्रिनमा औँलाका छापहरु बसिरहन्छन् । यस्तो अवस्थामा तपाईंका लागि स्क्रिन सफा गर्न सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय भनेको स्क्रिनलाई माइक्रोफाइबर कपडाले पुछ्नु हो । यसका लागि तपाईंले बाफको पानी प्रयोग गर्दा राम्रो हुन्छ । पानीमा माइक्रोफाइबर कपडालाई भिजाउनुहोस् र स्क्रिनमा विस्तारै पुछ्न थाल्नुहोस् । यसैगरी फोनको वरिपरी पनि पुछ्न सक्नुहुन्छ । 

अड्किएर बसेको फोहोर यसरी हटाउनुहोस्

तपाईंको फोनका ससाना छिद्रहरुमा बालुवा र ससाना टुक्राहरु अड्किएर बसेका हुन्छन् । यस्तो फोहोर फोनको जुनसुकै कुनामा पनि बसेको हुनसक्छ । 

यस किसिमको फोहोरहरुलाई हटाउने सबैभन्दा राम्रो उपाय भनेको स्कच टेप हो । तपाईं यो टेपलाई स्पिकर, फोनको क्रिज र पोर्टहरु भित्र छिराउनुहोस् । टेपभीत्र राखिए पछि टेपसँगै यस्तो फोहोर टाँसिएर बाहिर आउँछ । 

एकदमै साना पोर्टहरुमा यस्तो टेप छिराउन सकिँदैन । यस्तो अवस्थामा तपाईंले टूथपिक वा सानो क्रिभाइस टूल प्रयोग गर्नुहोस् । 

काँचो मासुले छोएको फोनलाई के गर्ने त ?

मासुको परिकार पकाउन मोबाइलबाट रेसिपि हेर्दैगर्दा काँचो मासुले तपाईको फोनलाई छोयो भने तपाईं पक्कै पनि अल्कोहलले सफा गर्नुहुन्छ होला । तर यस्तो नगर्नुहोस् । यसले स्क्रिनमा भएको ओलियोफोबिक र हाइड्रोफोबिक कोटिङलाई केरिदिन्छ । 

अल्कोहल र डिटरजेन्टले फोनको स्क्रिनलाई बिगार्छ । बरु यसको साटो ओसिलो माइक्रोफाइबर कपडा नै प्रयोग गर्नुहोस् । वा फोनसोप जस्ता यूभी लाइट किन्नुहोस् । यस्तो युभी लाइट कम्पनीले ९९.९९ प्रतिशत ब्याक्टेरिया र कीटाणु मार्ने दाबी गरेका छन् । 

फोनमा मेकअप रिमुभर प्रयोग गर्नुहुँदैन । त्यसको सटो हुस क्लिनर प्रयोग गर्नुहोस् । कम्पनीका अनुसार यसमा अल्कोहल, क्लोरिन, एमोनिया वा फोसफेट केही पनि प्रयोग गर्नुहुँदैन । यसो गर्दा स्क्रिन कोटिङलाई क्षति पुर्‍याउन सक्छ । 

वाटरफ्रुभ फोनलाई धुन मिल्छ ?

तपाईसँग वाटर रेसिस्टेन्ट फोन छ, जुन आईपी ६७ वा त्यो भन्दा माथि छ भने त्यसलाई पानी प्रयोग गरेर सफा गर्नसक्नुहुन्छ । अहिलेका नयाँ फोनहरु आईफोन सेभेन, ग्यालेक्सी एस सिरिज फोन ३० मिनेटसम्म तीन फीटमूनि पानीमा राख्न मिल्छ । तर यो भन्दा राम्रो तरिका भनेको ओसिलो कपडाले फोनलाई सफा गर्नु नै हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०