close

अब आईफोनमा एन्ड्रोइड सिस्टम चल्ने, सार्वजनिक भयाे बेटा भर्सन

टेकपाना टेकपाना

फागुन २२, २०७६ ११:२९

अब आईफोनमा एन्ड्रोइड सिस्टम चल्ने, सार्वजनिक भयाे बेटा भर्सन

काठमाडौं । एन्ड्रोइड र आईओएस बिचको लडाई लामो समय देखी चल्दै आएको छ । एक अर्कासँग पूर्ण रुपमा फरक यी दुई मोबाइल इकोसिस्टमले विश्वको ९५ प्रतिशत भन्दाबढी बजार ओगटेका छन् ।

प्रयोगमा छुटै अनुभवका कारण नै एन्ड्रोइड र आईओएस मोबाइल अपरेटिङ सिस्टम (ओएस) को प्रयोगकर्ता आ–आफ्नै रहेका छन् । तर, नयाँ प्रोजेक्टले भने यी दुई ईकोसिस्टमलाई नजिक ल्याउन तयारी गरेको छ । यसको अर्थ अब आइफोनमा एन्ड्रोइड सिस्टम सपोर्ट गर्नेछ ।

प्राजेक्ट स्याण्डक्यास्टल’ ले कसरी आइफोनमा एन्ड्रोइड १० सिस्टम प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिएको छ । उक्त प्राजेक्टका अनुसार हाल यो सिस्टम आईफोन ७, आईफोन ७ प्लस र सेभेन्थ–जेनरेसन आईपोडमा मात्रै सपोर्ट गर्नेछ ।

बेटा भर्जनमा उपलब्ध यो सिस्टमले क्यामरा, अडीयो, सेकुलर नेटवर्क र ब्लुटुथ कनेक्टीभिटी जस्ता उपकरण भने सर्पोट नगर्ने उल्लेख छ । प्रोजेक्ट स्याण्डक्यास्टलले यदी तपाईंसँग आईफोन छ र तपाईं एन्ड्रोइडमा आधारित फोन बोक्न रुचाउँनु हुन्छ भने त्यसको सम्पूर्ण विकल्प सहित आउने दावी गरेको छ ।

त्यतिमात्रै नभएर यदि तपाईंलाई एन्ड्रोइडमा भएको र आईओएसमा भएको राम्रा राम्रा फिचर एकै ठाउँमा ल्याएर प्रयोग गर्न मन छ भने पनि त्यो सम्भव बनाउने गरी प्राजेक्टमा काम गरिरहेको उल्लेख छ ।

यदि तपाईं अहिले नै आईओएसमा एन्ड्रोइड प्रयोग गरेर हेर्न चाहानु हन्छ र तपाईंसँग आईफोन ७, आईफोन ७ प्लस मोबाइल र सेभेन्थ–जेनरेसन आईपोड भएको खण्डमा वेभसाइटमा दिएको जानकारीका आधारमा प्रयोग गर्न सक्नुहुनेछ ।

एक पटक प्रयोग गरिसकेपछी यदि तपाईंलाई मन नपरेको खण्डमा पूनः आईओएसमै फर्किने सुविधा पनि उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०