२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

एन्ड्रोइडमा ह्वाट्सएपको पछिल्लो बेटा भर्सन यसरी गर्नुहोस् डाउनलोड

एपको कुनै पनि नयाँ फिचर सधैं केही समय लगाएर बेटा भर्सन हुँदै सार्वजनिक प्रयोगका लागि आउने गर्छ । डार्क मोड पनि यस्तै हो । यदि तपाईं सार्वजनिक हुने एपको फिचरलाई पर्खिन सक्नुहुन्न वा त्यसलाई चलाउन आतुर हुनुहुन्छ भने बेटा एप डाउनलोड गर्नुहोस् । 

ह्वाट्सएपले प्ले स्टोरमा अफिसियल बेटा प्रोग्राम राखेको छ । तर यसमा नयाँ बेटा टेस्टरका लागि ठाउँ भने छैन । यसकारण तपाईंको लागि राम्रो विकल्प भनेको लेटेस्ट बेटा एपीकेलाई साइडलोड गरेर इन्स्टल गर्नु नै हो । 

तर यसो गर्नु अघि तपाईंले आफ्नो ह्वाट्स एप म्यासेज र मिडियालाई ब्याकअप भने गर्नुपर्ने हुन्छ । जसले गर्दा केही समस्या आएपनि तपाईंले आफ्ना अमूल्य म्यासेजहरु गुमाउनु हुनेछैन । यसका लागि सबैभन्दा पहिले गूगल ड्राइभमा आफ्नो म्यासेजहरु ब्याकअप गर्नुहोस् । र एप साइडलोड गर्नलाई निम्न तरिकाहरु अप्नाउनुहोस् ।

  • फोनमा गूगल क्रोम खोल्नुहोस् ।
  • वेब ब्राउजरमा गएर एपीके मिरर डट कम टाइप गर्नुहोस् । 
  • त्यहाँ माथि शिरानीकाे दायाँ कुनामा रहेको सर्च बक्समा जानुहोस् ।
  • ह्वाट्सएप बेटा टाइप गरी अगाडि बढ्नुहोस् । 
  • बेटा लिस्टिङमा रहेको ह्वाट्सएप म्यासेञ्जर देख्नुहुनेछ ।
  • त्यसमा रहेको पछिल्लो भर्सनमा क्लिक गर्नुहोस् ।
  • डाउनलोड सुरु गर्न डाउनलोड एपीके अथवा सी अभाइलेवल एपीके ट्याप गर्नुहोस् ।
  • डाइलग बक्समा ओके ट्याप गर्नुस् र क्रोमले फाइल डाउनलोड गर्नेछ ।
  • अब डाउनलोड भएको फाइल खोल्नुहोस् र इन्स्टल गर्नुहोस् । 

अहिले ह्वाट्सएपले पछिल्लो समय बेटामा डार्क मोड ल्याएको छ ।  एप इन्स्टल गरिसकेपछि एपको सेटिङमा जानुहोस् र त्यहाँ रहेको च्याट्सहुँदै थिममा गएर डार्क मोड चलाउन सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि तपाईं पुनः क्रोमलाई अननोन एप इन्स्टल गर्न नपाउने गरी सेटिङबाट डिसेबल गरिदिनुस् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team