close

ट्वीटरमा यसरी राख्नुहोस ड्राफ्टमा स्टोरी

टेकपाना टेकपाना

फागुन २५, २०७६ १४:५७

ट्वीटरमा यसरी राख्नुहोस ड्राफ्टमा स्टोरी

काठमाडौं । ट्वीटर द्रुत गतिको संसार हो । जहाँ हरेक सेकण्डमा लाखौंको संख्यामा ट्विट भइरहेका हुन्छन् । तर, तपाईंले पनि ट्वीट त्यसैगरि गुर्नपर्छ भन्ने छैन ।

तपाईंले समय लिएर आफ्नो ट्वीटलाई राम्रो बनाएर हाल्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले ‘ट्वीटर ड्राफ्ट’ प्रयोग गर्न सक्नुहुन्छ । मानौँ तपाईं आफूले गर्न लागेको ट्वीटमा प्रयोग गर्ने दुई वटा शब्दमा दुविधामा पर्नुभयो । अवथा तपाईं आफ्नो ट्वीटलाई अझ जोडदार बनाउन चाहानुहुन्छ ।

त्यो पनि भएन तपाईंलाई ट्वीट गर्नुअघि साथीलाई उक्त ट्वीट सम्पादन गर्न लगाउनु छ । अथवा तपार्ईं कुनै विषयमा हतारमा ट्वीट गरेर पछि पछुताउन चाहनुहुन्न भने यी सबैको विकल्प भनेको ट्वीटर ड्राफ्ट नै हो ।

यो सहज छ । जहाँ तपाईंले आफ्नो दिमागमा आएका कुरालाई लेखेर जुनसुकै बेला हाल्न सक्नुहुन्छ । त्यसको सहज तरिका हामी यहाँ सिकाउँदै छौं । त्यसका लागि तपाईंले केही प्रक्रिया भने अपनाउनु पर्ने हुन्छ ।

त्यसका लागि सुरुमा मोबाइलमा रहेको ट्वीटर एप खोल्नुहोस् । मोबाइलको तल दाँयापट्टी तपाईंले ट्वीट गर्नको लागि निलो रंगमा ‘न्यू ट्वीट’ को गोलो आकारको अप्सन दिइएको हुन्छ । त्यसमा क्लिक गरी तपाईंले आफूलाई लागेका कुरा लेख्न सक्नुहुन्छ ।

लेख्दा लेख्दै तपाईंले उक्त ट्वीलाई पुरा गर्न सक्नु भएन भने मोबाइलको माथि बाँयातर्फ ‘क्रस’ सिंग्नल अथवा ‘क्यान्सिल’ बटन दिइएको छ । त्यसमा क्लिक गर्नुहोस् । क्लिक गर्दा एउटा ‘पप–अप’ म्यासेज स्क्रिनमा देखिनेछ । त्यसमा एउटा ‘ड्राफ्ट’ र अर्को ‘डिलिट’ अप्सन दिइएको हुन्छ ।

यदि तपाईं त्यसलाई ड्राफ्टमा राख्न सक्नुहुन्छ र पछि थपेर ट्वीट गर्न चाहनु हुन्छ भने ड्राफ्ट बटमा क्लिक गर्न सक्नुहुनेछ । तर, यदि तपाईं लेख्दै गरेको ट्वीट गर्न चाहनुहुन्न भने डिलिट अप्सनमा क्लिक गर्न सक्नुहुन्छ ।

अब रह्यो, तपाईंले ड्राफ्टमा राखेको ट्वीटलाई पछि कसरी सम्पादन गरेर ट्वीट गर्ने भन्ने विषय । त्यसका लागि माथि उल्लेख गरेजस्तै सुरुमा ट्वीट लेख्ने ठाउँमा पुग्नुहोस् । न्यू ट्वीट खुलेसँगै तपाईंले मोबाइलको दाँया साइडको माथी कुनामा ‘ड्राफ्ट’ भन्ने अप्सन देख्नुहुनेछ ।

त्यसमा क्लिक गर्दा त्यहाँ तपाईंले ड्राफ्टामा राखेका ट्वीट देख्न सक्नुहुनेछ । ड्राफ्टमा भएका कुनै पनि ट्वीटलाई सम्पादन गरी ट्वीट गर्न अथवा पुनः ड्राफ्टमा सेभ गरेर राख्न सक्नुहुन्छ ।

यो फिचर अहिले वेबमा भने उपलब्ध छैन । यदि तपाईंलाई ब्राउजरमै यो सुविधा आवश्यक परेको छ भने तपाईंले थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुनेछ । त्यसका लागि ‘हटस्वीट’ नामक थर्डपार्टी एप छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१