close

अपग्रेडसँगै बढ्यो टेलिकमको फोरजी स्पीड

टेकपाना टेकपाना

फागुन २३, २०७६ १४:३४

अपग्रेडसँगै बढ्यो टेलिकमको फोरजी स्पीड

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी एलटीई सेवाको स्पीड अपग्रेड गरेको छ । कम्पनीले भर्खरै चौथो पुस्ताको फोरजी एलटीई सेवा नयाँ सिस्टममा अपग्रेड गरेको हो । 

सिस्टम अपग्रेडसँग कम्पनीको फोरजी सेवाको गति ६० एमबीपीएससम्म पुगेको टेलिकमका सहायक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘हामीले अहिले साइट उपकरण नभई कोर सिस्टम नै अपग्रेड गरेका हौँ,’ उनले भने, ‘यसबाट देशभर टेलिकमको फोरजी सेवामा सुधारको महसुस गर्न सकिने भएको छ ।’

कम्पनीका अनुसार सिस्टम अपग्रैडसँगै डेटा प्रयोगको मात्रा समेत बृद्धि भएको जनाएको छ । प्रयोगकर्ताले  क्रमशः फोरजी सेवाको गतिमा निकै सुधारको अनुभूत गर्न सक्नेछन् । 

देशभर फोरजी सेवा विस्तार गर्ने योजना अन्तर्गत कम्पनीले हालसम्म ७७ ओटै जिल्लामा गरी दुई हजार टावरबाट फोरजी सेवा सञ्चालनमा ल्याएको छ । थप बाँकी रहेका स्थानमा समेत सेवा विस्तार गर्ने कार्य तीब्रताका साथ अगाडि बढेको टेलिकमले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०