close

महिला उद्यमीलाई सशक्त बनाउन दराजको ‘जागृति’

टेकपाना टेकपाना

फागुन २३, २०७६ १७:३९

महिला उद्यमीलाई सशक्त बनाउन दराजको ‘जागृति’

काठमाण्डौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले महिला सशक्तिकरणमा केन्द्रीत विशेष अभियान सञ्चानल गर्ने भएको छ । महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजका हजारौं ग्राहकहरुमाझ पुर्‍याउने उद्देश्यका साथ “जागृति” अभियान थाल्ने भएको हो ।

अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “वुमेन एक्ट” नामक एक महिला सशक्तिकरणमा केन्द्रीत गैरसरकारी संस्थालाई दिइनेछ । अभियान आउँदो मार्च ८ देखि मार्च १६ सम्म जारी रहने कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय महिला दिवसमा बैंकिङ पार्टनरको रुपमा सनराइज बैंकले१५% वा १,५०० रुपैयाँसम्मको छूट दिने छ । छूट प्राप्त गर्न ग्राहकहरूले आफ्नो सनराइज बैंकको क्रेडीट तथा डेबिट कार्डमार्फत पूर्व भुक्तानी (प्रीपेमेन्ट) गर्नुपर्नेछ ।

यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैलीसँग सम्बन्धित उत्पादनहरूमा पनि अतिरीक्त छूट र अफरहरु रहेको दराजले जनाएको छ । ग्राहकहरूले भउचर मार्फत १५० देखि ३५० रुपैयाँसम्मको छूट पनि पाउन सक्ने छन् ।

ईकमर्स तथा विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ । दराजको सजिलो दर्ता प्रकृया र निःशूल्क तालिमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न सहयोग पुर्‍याएको छ ।

दराजले आफ्ना महिला बिक्रेता तथा उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड समेत गर्दै आएको छ । त्यस्ता भिडियोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, आफ्नो व्यवसायमार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएका विषय र दराजले दिएको साथको बारे व्याख्या गरेका छन् ।

त्यस्ता कथाहरु दराजको यूट्यूब च्यानलमा हेर्न सकिन्छ । अभियानमार्फत दराजले महत्त्वाकांक्षी महिलाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१