close

ओप्पोको पहिलो स्मार्ट वाच सार्वजनिक, यस्तो छ फिचर

टेकपाना टेकपाना

फागुन २४, २०७६ १५:५२

ओप्पोको पहिलो स्मार्ट वाच सार्वजनिक, यस्तो छ फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन निमार्ता कम्पनी ओप्पोले आफ्नो पहिलो स्मार्ट वाच सार्वजनिक गरेको छ । कम्पनीले फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग हुँदै आएको थ्रीडी फ्लेक्जिवल हाइपरब्लोइड डिस्प्ले रहेको स्मार्ट वाच सार्वजनिक गरेको हो ।

वाचमा ब्युल्टईन सेल्युलर कनेक्टिभिटी र हेल्थ मनिटरिङ सिस्टम जडान गरिएको छ । डुअल चिप इन्ड्यूरेन्स प्रणाली र वाच भोक फ्ल्याश चार्जिङ प्रविधि जडान गरिएको यो स्मार्ट वाच ७५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । १५ मिनेट चार्ज गर्दा ४६ प्रतिशत ब्याट्री चार्ज हुनुका साथै १८ घण्टा सम्म काम गर्ने ओप्पोको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१