close

ओप्पो फाइन्ड एक्सटु सिरिजका ३ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

फागुन २४, २०७६ १२:४१

ओप्पो फाइन्ड एक्सटु सिरिजका ३ स्मार्टफोन सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन निमार्ता कम्पनी ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटु सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार फाइन्ड एक्सटु, फाइन्ड एक्सटु प्रो र फाइन्ड एक्सटु अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको हो ।

फाइभजी नेटवर्क सपोर्ट गर्ने यी स्मार्टफोनका साथै कम्पनीले ओप्पो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई फाइभजी प्रयोगमा थप नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ ‘ओप्पो फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ पनि सार्वजनकि गरेको छ ।

फाइन्ड एक्सटू प्रो

‘फाइन्ड एक्सटुले ओप्पोको हाई–ईण्ड उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता अनुसार सार्वजनिक गरिएको हो,’ ओप्पोका उपाध्यक्ष तथा ग्लोबल मार्केटिङका अध्यक्ष ब्रायन शिनले भने, ‘सन् २०२० मा फाइभजी विस्तार ठूलोमात्रामा हुनेछ । त्यसैले पनि फाइभजी नेटवर्क सपोर्ट गर्ने उपकरण भित्र्याएका हौं ।’

कम्पनीले सार्वजनिक गरेको फाइन्ड एक्सटु सिरिजमा थ्रीके क्यूएचडी प्लस रेजोलुसन , १२० एचजेड अल्ट्रा हाई रिफ्रेश रेट र २४० एचजेड टच स्याम्प्लिङ रेट सपोर्ट रहेको छ । त्यसमा १२० एचजेड अल्ट्रा भिजन स्क्रिन रहेको छ ।

फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन

क्वालकम स्न्यापड्रायगन ८६५ मा आधारित फाइन्ड एक्सटु सिरिजले डुअल मोड फाइभजी सपोर्ट गर्ने उल्लेख गरिएको छ । चार्जिङका लागि ६५ वाटको सुपरभोक २.० राखिएको छ । फाइन्ड एक्सटुमा ४८ मेगापिक्सेल वाइड एंगल लेन्स, ४८ मेगापिक्सेल वाइड एंगल क्यामेरा र १३ मेगापिक्ससेल पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ ।

यसका साथै ओप्पोले सार्वजनिक गरेको स्न्यापड्रागन एक्स ५५ मोडेमद्वारा सञ्चालित ओम्नीमा ओ रिजर्भ फाइभजी स्मार्ट एन्टेना र ओ मोसन ३६० फाइभजी एन्टेना सपोर्ट गर्ने उल्लेख छ ।

ओप्पो फाइभजी सीपीई ओम्नी

जसले गर्दा यसले फाइभजी नेटवर्कमा ७.५ जीबीपीएसको गति उपलब्ध गराउन सक्ने दाबी कम्पनीले गरेको छ । साथै यसले वाईफाई सिक्स पनि सपोर्ट गर्नेछ । कम्पनीका अनुसार यो उपकरण पहिलो चरणमा पश्चिमी युरोप र एसिया प्यासेफिकमा उपलब्ध हुनेछ । चीनमा भने क्रमशः उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१