close

कोरोनाका कारण भइरहेको मूल्य बृद्धि रोक्न मास्कको फेसबुक विज्ञापनमा रोक

टेकपाना टेकपाना

फागुन २४, २०७६ १०:३५

कोरोनाका कारण भइरहेको मूल्य बृद्धि रोक्न मास्कको फेसबुक विज्ञापनमा रोक

कोरोना भाइरसको नाममा भइरहेको अनावश्यक चर्चा सीमित गर्न फेसबुकले मेडिकल फेस मास्कको विज्ञापनमा रोक लगाएको छ । सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुकले शुक्रबार आफ्नो प्लेटफर्ममा रहेका मास्कको व्यापारिक लिस्ट तथा विज्ञापनमा रोक लगाएको हो । 

‘हामी कोरोना सीओभीआईडी१९ लाई नजिकबाट नियालिरहेका छौँ र अहिलेको जनस्वास्थ्यको इमर्जेन्सीबाट कसैले कुत्सित मनसाय राख्छ भने हामी हाम्रा नीतिहरुमा आवश्यक अपडेट गर्दै पनि जाने छौँ,’ फेसबुकका प्रडक्ट म्यानेजमेन्ट निर्देशक रोब लेथर्नले ट्वीटरको एउटा अपडेटमा भनेका छन् । 

कोरोना भाइरसको महामारीले विश्व नै प्रभावित बनेको छ । यस्तो बेलामा अनलाइन प्लेटफर्महरुले मूल्य बृद्धि र स्वास्थ्य सम्बन्धि गलत सूचना नियन्त्रण कार्य थालिसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१