close

कोरोनाका कारण ‘कारखाना मेला’ स्थगित

टेकपाना टेकपाना

फागुन २५, २०७६ ११:८

कोरोनाका कारण ‘कारखाना मेला’ स्थगित

काठमाडौं । कारखानाले आफ्नो एक हप्ते कार्यक्रम ‘कारखाना मेला’ स्थगित गरेको छ । सरकारले सार्वजनिक जमघटबाट टाढा रहन गरेको अपिललाई ध्यानमा राख्दै कम्पनीले फागुन २४ गतेबाट चैत्र १ गतेसम्म हुने भनिएको मेला स्थगित गरेको हो ।

यद्यपि शिक्षा क्षेत्रका व्यक्तिहरुले भने व्यक्तिगत रुपमा वा सानो संख्यामा भ्रमण गर्न सक्ने कारखानाले जनाएको छ । कारखाना बालबालिकाका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने मेकरस्पेसको रुपमा चिनिन्छ ।

राजधानी काठमाडौंबाट पोखरा, विराटनगर, बुटवल, चितवन लगायत देश बाहिर भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशमा पनि कारखानाका कार्यक्रम विस्तार भएका छन् । ६० जनाको समुहले चलाएको कारखानाले प्रत्येक हप्ता लगभग ६ हजार जना विद्यार्थीलाई स्टीम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट एण्ड डिजाइन र म्याथम्याटिक्स) कक्षाहरु सञ्चालन गरिरहेको छ ।

२०१२ सालमा स्थापना भएको कारखानाको मूख्य उद्देश्य बालबालिकाहरूलाई विज्ञान र प्रविधिको प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, बनाउँदै पढ्न सिकाउनु हो । नेपाली विज्ञान पाठ्यक्रम र सिकाई पद्धतिले राम्रै शैद्धान्तिक ज्ञान दिने भए पनि व्यवहारिक सिकाई र पढाईमा भने ठूलो समस्या छ ।

कारखानाका किताब र विज्ञान विषयको पढाई सामग्री विशेषगरी शिक्षकले भोग्ने चुनौतीलाई सोचेर तयार पारिएका छन् । त्यसैले किट्सहरु थोरै मुल्यमा उपलब्ध गराइरहेको कारखानाले जनाएको छ । यसको लागि विशेष ल्याब समेत आवश्यक पर्दैन ।

बालबालिकालाई रमाइलो लाग्ने खालका विषय– प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट जस्ता कार्यक्रम तयार पारेर बालबालिकालाई सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउने काम कारखानाले गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१