close

फुडमाण्डुमा साइबर आक्रमण, ५० हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी बाहिरियो

टेकपाना टेकपाना

फागुन २५, २०७६ १५:३८

फुडमाण्डुमा साइबर आक्रमण, ५० हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी बाहिरियो

काठमाडौं । नेपालमा अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी सेवाका लागि स्थापित ब्राण्ड ‘फुडमाण्डु’ को वेबसाइट ह्याक भएको छ । शनिबार राती भएको उक्त साइबर हमलाबाट करीब ५० हजार ग्राहकको जानकारी प्राप्त भएको ह्याकरले उल्लेख गरेको छ ।

ह्याकरहरुले गरेको साइबर हमलाबाट आफ्ना ग्राहकहरुको नाम, ठेगाना, ईमेल एड्रेस तथा फोन नम्बर जस्ता व्यक्तिगत डेटाहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । ह्याकर समूहले सार्वजनिक गरेको विवरण यो समाचार तयार पार्दासम्म गिटहब डट कम नामक वेबसाइटमा सार्वजनिक भइरहेको थियो ।

हमला भएलगत्तै कम्पनीले शनिबार राती नै आफ्नो साइटमा रहेको कमजोरी फिक्स भइसकेको उल्लेख गरिएको छ । कम्पनीको टोलीले उक्त हमलामाथि थप अनुसन्धान गरिरहेको छ ।

हमला भएसँगै फुडमाण्डुले नेपाल सरकारको साइबर अपराध डिभिजनसँग सम्पर्क गरेको छ । हाल डिभिजनले उक्त घटनामाथि अनुसन्धान गरिरहेको छ । यद्यपी उक्त घटनाबाट फुडमाण्डुको व्यवसाय सञ्चालनमा कुनै असर नपरेको कम्पनीले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१