close

प्रविधि क्षेत्रका शक्तिशाली २० महिला

टेकपाना टेकपाना

फागुन २५, २०७६ १७:९

प्रविधि क्षेत्रका शक्तिशाली २० महिला

बहिनी २३एण्डमीकी सीईओ एन्नी विजसिस्कीका साथमा युट्युवकी सिईओ सुजेन विजसिस्की । श्रोतः फोर्ब्स

युट्युवकी सीईओ सुजेन विजसिस्कीदेखि माइक्रोसफ्टकी सीएफओ एमी हुडसम्मले अहिले टेक कम्पनीहरुको निर्णयक तहमा बसेर काम गरिरहेका छन् । फोर्ब्सले आफ्नो पावर वुमन लिस्टमा प्रविधि क्षेत्रका २० यस्ता महिलाहरुलाई प्रस्तुत गरेको छ, जसको शक्ति सीओओदेखि कम्पनीको उपल्लो तहमा निरन्तर बढ्ने क्रममा छ । 

आफ्ना कम्पनीहरुलाई नयाँ उचाईमा पुर्‍याउने महिलाहरु गत वर्ष फोर्ब्सको सूचीको शीर्ष तीनमा पर्न सफल भए ।  सूचीको शीर्ष नवौं स्थानमा परेकी छिन्, आईबीएमकी सीईओ गिन्नी रोमेट्टी । उनले आफ्नो कम्पनीलाई ३४ अर्ब डलरको रेट ह्याटको स्वामित्व खरिद गर्ने प्रक्रियामा ठूलो योगदान पुर्‍याएकी थिइन् ।

यस्तै यो सूचीको बाह्रौं नम्बरमा परेकी छिन् युट्युवकी सीईओ सुजेन विजसिस्की । गएको वर्ष युट्युवमा उनका लागि धेरै कठीन रह्यो । तर उनले सूचीमा स्थान बनाउन सफल भइन् । युट्युवले अतिवादीपूर्ण सामाग्रीलाई आफ्नो प्लेटफर्ममा ठाउँ नदिने लडाइमा होमियो । साथै दूर्व्यवहार रोक्न युट्युवले पर्याप्त काम नगरेको भन्दै प्रयोगकर्ताबाट नकरात्मक प्रतिक्रिया पनि झेल्नु परेको थियो । 

यस्तै ओराकलकी सीईओ सर्फा काट्ज  १४ औं स्थानमा पर्न सफल भएकी छिन् । सहसंस्थापक मार्क हर्डको अक्टोबरमा मृत्यु भएपछि उनले कम्पनीको जिम्मेवारी एक्लैले उठाएकी थिइन् । तर शक्ति सधैं शिर्ष भूमिकामा रहेको व्यक्तिको हातमा मात्र बस्दैन । 

चौथौं नम्बरमा रहेकी फेसबुककी सीओओ स्रेल स्याण्डवर्ग १८ औं स्थानमा पर्न सफल भएकी छिन् । राजनीतिक विज्ञापनमा फेसबुकको अडानलाई बचाउ गर्ने काममा उनले महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् ।

प्रतिस्पर्धी कम्पनी ट्वीटरले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाएको अवस्थामा फेसबुकले अभिव्यक्ति स्वतन्त्रको हवाला दिदैँ आफ्नो अडानको बचाउ गर्दै आएको छ । उनले ब्लुमबर्गसँग फेसबुकले राजनीतिक विज्ञापनको बचाउ पैसाका लागि नगरेको स्पष्टिकरण दिएकी थिइन् । 

प्रमुख वित्तीय अधिकारी अर्थात् सीएफओहरुले पनि परिवर्तनकारी भूमिका खेल्दै आएका छन् । अल्फाबेटकी सीएफओ रुच पोराट १९ नम्बरमा पर्न सफल भएकी छिन् । गूगका केही ठूला लगानीहरु अहिले उनकै हातमा छन् । अमेरिकाको सीएटलमा १३ अर्ब डलरको डेटा सेन्टर स्थापना गर्ने परियोजना पनी उनकै अन्तर्गत सञ्चालनमा छ ।

सीएफओ एमी हुन् सूचीमा २६ औं स्थानमा पर्न सफल भएकी छिन् । उनले माइक्रोसफ्टलाई दशौं खर्ब डलरको कम्पनीको रुपमा स्थापित हुन सहयोग गरेकी छिन् । 

यो क्षेत्रमा प्रवेश गर्ने नयाँ अनुहार हुई लिङ तान यो सूचीमा ६३ औं स्थान बनाउन सफल भएकी छिन् । उनी ग्राबकी सहसंस्थापक तथा सीओओ हुन् । राइड सेवा दिने यो दक्षिणपूर्वी एसियाको पहिलो सेवा हो । 

उनी नयाँ बजार विस्तारका लागि इन्चार्जको रुपमा रहेकी छिन् । उनले उबरलाई दक्षीणपूर्वी एशिया बजारमा ल्याएकी हुन् । सीईओको रुपमा महिलाको उपस्थिति २०१८ देखि २०१९ को बीचमा विस्तार भएको छ ।

कर्न फेर्री इन्स्टिच्युटका अनुसार प्रविधिको क्षेत्रमा निर्णायक तहमा महिलाको उपस्थिति २३ प्रतिशतदेखि २५ प्रतिशतसम्म रहेको छ । महिला सीईओको संख्यामा सुधार ल्याउन अझै धेरै गर्न बाँकी छ । तर विश्वभरीका ठूला प्रविधि कम्पनीमा निर्णायक भूमिकामा रहेका यी महिला र उनीहरुको योगदानलाई पहिचान गर्न आवश्यक छ ।

फोर्ब्सको सूचीमा परेका प्रविधिका २० महिला 

  • १. गिन्नी रोमेटी, आईबीएमकी सिईओले नम्बर ९
  • २. सुजेन विजसिस्की, युट्युबकी सिईओले नम्बर १२ 
  • ३. सफ्रा काट्ज, ओराकलकी सिईओले नम्बर १४ 
  • ४. स्रेल स्याण्डवर्ग, फेसबुककी सिओओले नम्बर १८ 
  • ५. रुथ पोराट, अल्फाबेटकी सिएफओले नम्बर १९ 
  • ६. एमी हुड, माइक्रोसफ्टकी सिएफओले नम्बर २६ 
  • ७. जेनिफर मोर्गान, एसएपीकी कोसिईओले नम्बर ४९ 
  • ८. रेस्नी नादार मल्होत्रा, एचसीएल टेक्नोलोजीजकी सिईओले नम्बर ५४ 
  • ९. ग्यानी सूटवेल, स्पेसएक्सकी अध्यक्षले नम्बर ५५
  • १०. म्याग्गि विई वू, अलिबाबा ग्रुपकी सिएफओले नम्बर ५७
  • ११. हुई लिङ तान, ग्राबकी सिओओ तथा कोफाउण्डरको नम्बर ६३ 
  • १२. झाउ कुनफेई, लेन्स टेक्नोलोजीकी सिईओले नम्बर ६८
  • १३. जेन जिई सन, सीट्रिपकी सिईओले नम्बर ६९
  • १४. लाम वाई यिङ, बाइल क्रिस्टलकी चेयरम्यानले नम्बर ८२
  • १५. म्यारी मिकर, बोण्ड क्यापिटलकी जनरल पार्टनरले नम्बर ८३
  • १६. जेन्नी लि, जीजीभी क्यापिटलकी म्यानेजिङ पार्टनरले नम्बर ८६
  • १७. मेग विटम्यान, क्युबाईकी सिईओले नम्बर ८९
  • १८. एन्नी विजसिस्की, २३ एण्ड मीकी कोफाउण्डर तथा सिईओले नम्बर ९१
  • १९. एलिन लि, काउबोए भेन्चर्सकी फाउण्डरले नम्बर ९२
  • २०. क्रिस्टिन ग्रिन, फोररनर भेन्चर्सकी फाउण्डरले ९५

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१