close

नोकियाको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

फागुन २६, २०७६ ११:६

नोकियाको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक हुँदै

काठमाडौं । नोकियाले आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । अबको ९ दिनपश्चात कम्पनीले लण्डनमा उक्त मोबाइल सार्वजनिक गर्ने भएको हो ।

नोकिया मोबाइल निर्माता कम्पनी ‘एचएमडी ग्लोबल’ ले यसबारे आधिकारिक जानकारी दिएको छ । कुनै समय कीप्याड मोबाइलमा एकछत्र राज गरेको कम्पनी पछिल्लो समय स्मार्टफोनको दुनियामा सुस्ताएको छ । नयाँ प्रविधिलाई समयमै ग्रहण गर्न नसक्दा आफ्नो बजार गुमाएको कम्पनीले अब भने नयाँ प्रविधिलाई अन्य ब्राण्डसँगै उतारेको छ ।

फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने लहर चलिरहेको बेला नै नोकियाले पनि आफूलाई त्यसै दौडमा सामेल गराएकाे छ । कम्पनीका अनुसार फोन यही मार्च १९ मा सार्वजनिक हुनेछ ।

‘नो टाइम टू डाई’ फिल्मको पार्टनरका रुपमा समेत रहेको यो मोबाइल, नोकिया ८.२ अथवा नोकिया ८.३ का रुपमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । उक्त समारोहमा कम्पनीले फाइभजी स्मार्टफोनका साथै अन्य उत्पादन नोकिया ५.२, नोकिया १.३, नोकिया सीटू र नोकिया ४००–फोरजी समेत सार्वजनिक गर्न सक्ने बताइएको छ ।

यी फोनमा भएको फिचर र यसको मूल्यको विषयमा भने अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१