close

यसरी छान्नुहोस् उपयुक्त मेमोरी कार्ड तथा एसडी कार्ड

टेकपाना टेकपाना

फागुन २६, २०७६ १६:६

यसरी छान्नुहोस् उपयुक्त मेमोरी कार्ड तथा एसडी कार्ड

एसडी कार्ड एउटा सानो कार्ड डिभाइस हो । यसमा भएको मेटल कन्ट्याक्टलाई यसले डेटाको रुपमा तीब्र गतिमा ट्रान्सफर गरिदिन्छ ।

एसडी कार्ड सबै क्यामेरादेखि मोबाइल हुँदै विभिन्न डिभाइसमा प्रयोग हुन्छ । तर कस्तो एसडी कार्ड छनौट गर्ने भन्ने कुराको सबैलाई ज्ञान नहुन सक्छ । त्यसैले आज हामी तपाईहरुलाई एसडी कार्ड छनौट गर्ने सजिलो उपायको बारेमा जानकारी दिदैँ छौं ।

एसडी र माइक्रो एसडीबीच कुन लिने ?

एसडी कार्ड सधैं दुई आकारमा आउँछ । एउटा परम्परागत एसडी र अर्को माइक्रो एसडीको रुपमा । तपाईंले सधैं आफ्नो डिभाइस अनुसार एसडी कार्डको चयन गर्नुपर्ने हुन्छ ।

धेरै जसो मिररलेस क्यामेरा, डीएसएलआर र कम्प्याक्ट क्यामेराहरुमा एसडी कार्ड प्रयोग हुन्छ । ड्रोन क्यामेरा, एक्सन क्यामेरा र स्मार्टफोनहरुमा भने माइक्रो एसडीको प्रयोग गर्नुपर्छ ।

अधिकांश माइक्रो एसडी कार्डहरु एडप्टरसँगै आउने हुन्छन् । यस्ता कार्ड एडप्टरमा लगाएर स्ट्याण्डर्ड एसडी कार्ड रिडरबाट प्रयोग गर्न सकिन्छ । फूल एसडी कार्ड चाहिने क्यामेरामा तपाईं एडप्टरसँगै माइक्रो एसडी कार्ड प्रयोग गर्न सक्नुहुन्छ ।

तर हामी तपाईंलाई यसो नगर्ने सल्लाह दिन्छौं । किन भने एडप्टरले कार्डको स्पिडलाई स्लो बनाइदिन्छ । यदि तपाईंलाई एसडी कार्ड वा माइक्रो एसडी कार्ड मध्ये कुन आवश्यक छ भन्ने कुरा थाहा छैन भने तपाईंको डिभाइसको स्पेसिफिकेसन चेक गर्नुहोस् वा कार्ड स्लट चेक गर्नुहोस् ।

माइक्रो एसडी कार्डको स्लट तपाईको औँलाभन्दा केही सानो हुन्छ । तर ट्रेडिसनल भने केही ठूलो हुन्छ ।

एसडी कार्डको क्षमता चिन्नहोस्

एसडी कार्डलाई एसडी मात्र भनिदैँन । तपाईंले यसमा एसडीएचसी, एसडीएक्ससी वा एसडीयूसी जस्ता विभिन्न नाम देख्न सक्नुहुन्छ ।

अन्तिममा रहेका दुई अक्षरले एसडी कार्डको क्षमतालाई छुट्याउँछ । एसडीएचसी कार्ड भनेको उच्च क्षमताको कार्ड हो । यो कार्ड चार जीबीदेखि ३२ जीबीको बीचमा आउँछ ।

यस्तै एसडीएक्ससी कार्ड भनेको क्षमता बढाउन सकिने एक्सटेन्डेबल क्यापासिटी भएको कार्ड हो । यस्तो कार्डमा प्रशस्त ठाउँ हुन्छ । यसमा ६४ जीबीदेखि २ टीबीसम्मको क्षमता पाउन सकिन्छ ।

एसडीयूसी चाहिँ २ टीबीदेखि १२८ टीबी क्षमताको हुन्छ । एउटा ३२ जीबी क्षमता भएको एसडी कार्डमा १६ एमबीका दुई हजार तस्विरहरु अटाउन सक्छन् ।

अथवा आधा घण्टाको फोरके भिडियो अटाउन सक्छ । हाई रेजोलुसन क्यामेराहरुका लागि धेरै क्षमताको एसडीएक्ससी कार्ड एकदमै राम्रो हुन्छ ।

केही फोटोग्राफरहरु साना एसडी कार्डहरु मन पराउँछन् । कुनै कारण एसडी कार्ड खराब भइहालेछ भने सबै फोटो नस्ट हुँदैनन् । कार्ड परिवर्तन गिररहन पनि सजिलो हुन्छ ।

धेरै क्षमताको एसडी कार्डको लागि हामी तपाईंलाई लेक्जरको एक टीबीको प्रोफेसनल ६३३ यूएचएस आई एसडीएक्ससी कार्ड प्रयोग गर्न सल्लाह दिन्छौं ।

धेरै फोटो खिच्नेहरुका लागि यो कार्ड एकदमै राम्रो छ । यो कार्डको मूल्य पनि एकदमै सुलभ रहेको छ । अधिकांश नयाँ क्यामेराहरुमा एसडी, एसडीएचसी वा एसडीएक्ससी प्रयोग हुन्छन् । 

स्पीड बारे जान्नुहोस्

एसडी कार्डको प्रकार र साइजले मात्रै नभएर खराब स्पीड भएको कार्ड चयन गर्दा क्यामेरालाई नै स्लो बनाइदिन्छ । सबै एसडी कार्डको स्पेसिफिकेसनमा स्पीड र त्यसका विषयमा उल्लेख गरिएको हुन्छ ।

एसडी कार्डको क्लास हेरेर पनि तपाईं यो कति फास्ट छ भन्ने कुरा थाहा पाउनसक्नुहुन्छ । एसडी कार्डहरु तीन वटा क्लासमा विभाजन भएका छन् । एएटा स्पीड क्लास, अर्को अल्ट्रा हाई स्पीड क्लास अर्थात् युएचएस र भिडियो स्पिड क्लासहरु रहेका छन् ।

स्पीड क्लासले १० एमबी प्रति सेकेण्डसम्मको स्पीड समेट्छ । यस्तो स्पीड क्याटेगोरी एसडी कार्डको अगाडि भागमा लेखिएको हुन्छ । यूएचएस क्याटेगोरीका कार्डहरु अझ छिटो हुन्छन् ।

यूएचएस स्पीड क्लास वानमा थोरैमा १० एमबी प्रति सेकेण्ड स्पीड हुन्छ । क्लास थ्रीमा ३० एमबी प्रति सेकेण्डको स्पीड रहेको हुन्छ ।

अहिले आएको नयाँ स्पीड क्लास भिडियो स्पिड क्लास हो । यसलाई भी सिम्बलमा लेखिएको हुन्छ । यसले ६ एमबी प्रति सेकेण्डदेखि ९० एमबी प्रति सेकेण्डसम्मको स्पीड दिनसक्छ ।

तपाईंले अर्को क्याटेगोरीको स्पीड पनि देख्न सक्नुहुन्छ । यसलाई बस स्पीड भनिन्छ । अहिले अधिकांश १०४ एमबी प्रति सेकेण्ड क्षमताको यूएचएस वान, ३१२ एमबी प्रति सेकेण्डसम्मको युएचएस टु बस स्पीडका कार्डहरु हुने गरेका छन् ।

How to choose SD card 2
Photo Source: Business Insider

एसडी एक्सप्रेसको भने ९८५ एमबी प्रति सेकेण्डसम्मको स्पीड हुन्छ । यूएचएस टु कार्डको सबैभन्दा ठूलो फरकपन के हो भने यसको पछाडि धातु पिनको दोस्रो तह हुन्छ, जसले क्यामेरासँग छिटो कनेक्सन गराउन सहयोग गर्छ । यसले गर्दा स्पीड बढ्छ ।

तर यो कार्डको डिजाइन केही फरक किसिमको हुने हुँदा सबै क्यामेरामा फिट नहुनसक्छ । डुअल कार्ड स्लट भएका क्यामेराहरुमा मात्र यो कार्ड फिट हुनसक्छ । तपाईंको क्यामेरा २०१४ भन्दा अघिको हो भने त्यसमा त्यस्तो सुविधा उपलब्ध छैन ।

कस्तो किसिमको स्पीड आवश्यकता पर्छ भन्ने कुरामा हामीले प्रयोग गर्ने स्मार्टफोन र क्यामेरामा निर्भर हुन्छ । एटके भिडियोहरुका लागि तपाईंलाई भी ६०, भी ९० ठिक हुन्छ । यस्तै फोरके भिडियोहरुका लागि भी ६०, भी ३० र यूएचएस थ्री राम्रो हुन्छ ।

साथै यी कार्ड उच्च मेगापिक्सेलका फोटो खिच्नका लागि पनि राम्रो मानिन्छ । यस्तै यूएचएस वान, क्लास १० र भी १० डीएसएलआर र मिररलेस क्यामेराहरुका लागि राम्रो मानिन्छन् । साथै २० एस र ३० एस मेगापिक्सेल र एचडी भिडियोहरुका लागि पनि यो राम्रो मानिन्छ ।

क्लास टु, क्लास फोर , क्लास सिक्स र भी सिक्स लो रेजोलुसन डिभाइसहरुका लागि राम्रो मानिन्छन् । तपाईं आफ्नो स्मार्टफोनको स्टोरेज बढाउनका लागि माइक्रो एसडी किन्नेबारे विचार गर्दै हुुनुहुन्छ भने क्लास १० सम्मको कार्ड लिनुहोस् ।

तर यूएचएस वा यूएचएस थ्री तपाईंका लागि एकदमै राम्रो हुनसक्छ । फाइल स्टोरेजको साटो रनिङ एपका लागि यूएचएस थ्री राम्रो हुन्छ । तपाईं यदि एकदम्रो राम्रो स्पीड र पर्फमेन्स भएको कार्ड हेर्न चाहनुहुन्छ भने सोनीको एसएफ जी टफ, यूएचएस टु र लेक्जरको प्रोफेसनल १००० एक्स यूएचएस टु रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१