close

रमाइलोसँग यसरी खेल्नुहोस् गूगलको होली

टेकपाना टेकपाना

फागुन २६, २०७६ १८:४६

रमाइलोसँग यसरी खेल्नुहोस् गूगलको होली

काठमाडौं । आज र भोलि नेपाल, भारत लगायतका देशमा होली पर्व मनाइँदै छ । एक अर्कालाई रंगल लगाएर मनाइने यो पर्व विषेशगरी हिन्दु धर्मावलम्बीहरुले मनाउँछन् । तर, पछिल्लो समय यो विभिन्न देशमा फैलिँदै गएको छ ।

यो वर्ष विश्वभर फैलिएको कोरोनाका कारण होली पोहोर परार जस्तो उल्लासमय भएको छैन । रंग र पानीसँग खेल्दा जोरो आउने, रुघा खोकी लाग्न सक्ने र कोरोनाको संक्रमण फैलन सक्ने जोखिमका कारण सरकारले पनि होली नखेल्न आग्राह गरेको छ । भौतिक दुनियाँमा होली नखेल्न आग्रह गरे पनि गूगलले भने भर्चुअल रुपमै मोबाइल तथा कम्प्युटर स्क्रिनमै होली खेल्ने अवसर दिएको छ ।

कसरी खेल्ने ?

गूगलले होली पर्वलाई लक्षित गर्दै आकर्षण ‘होली इस्टर एग’ प्रस्तुत गरेको छ । जसमार्फत तपाईं आफ्नो मोबाइल तथा डेस्क्टपमा रंगसँग खेल्न सक्नुहुन्छ । कम्प्युटर अथावा स्मार्टफोनमा ‘होली’ अवथा ‘होली फेस्टिभल’ सर्च गर्दा रिजल्टको दायाँतर्फ आउने ‘इन्फो’ को मुनी तीनवटा भाँडामा कलर राखिएको देखिन्छ ।

रंगले भरिएको उक्त भाँडोमा क्लिक गर्दा तपाईंले रंगिन लोला हिर्काए जस्तै रंग छरिएको देखिन्छ । त्यहाँ एकपटक क्लिक गरेर स्क्रिनको जुनुसुकै भागमा क्लिक तथा टच गर्दा रंग छरिन्छ । यसरी तपाईंले पुरै स्क्रिन भर विभिन्न रंगहरु छर्न सक्नुहुन्छ ।

यसरी स्क्रिनमा क्लिक गर्दै होली खेलेको अनुभुति गराउने छ । जब तपाईंले रंग छरेर पुरै स्क्रिन भर्नुहुन्छ अनि अब के गर्ने भन्ने समस्या हुन्छ । त्यसको लागि पनि गूगलले रमाइलो फिचर थपेको छ ।

जसरी हामी होली खेलेर पानीले नुहाँएर सफा हुन्छौं, त्यसैगरी स्क्रिनमा छरिएको रंगलाई पनि भर्चुअल पानीले पखाल्न मिल्छ । जब तपाईंले सुरुमा तीनवटा भाँडामा रहेको रंगमा क्लिक गर्नु हुन्छ , ठीक त्यही समयमा स्क्रिनको माथि पानीको थोपा बसिसक्छ । उक्त पानीको थोपामा क्लिक गर्दा तपाईंको स्क्रिनभर छरिएको रंग रमाइलो गरी क्षणभरमै पखालिदै जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१