close

स्मार्टफोनमा एकसाथ यसरी प्रयोग गर्नसकिन्छ ४-५ वटा सिम

टेकपाना टेकपाना

फागुन २७, २०७६ १४:२३

स्मार्टफोनमा एकसाथ यसरी प्रयोग गर्नसकिन्छ ४-५ वटा सिम

तस्विर श्रोतः सिमओर

एजेन्सी । धेरै मानिसहरु आफ्नो व्यक्तिगत र व्यवसायिक जीवन छुट्टा छुट्टै किसिमले जिउन चाहन्छन् । यसका लागि तपाईंले प्रयोग गर्ने मोबाइलको सिमले ठूलो अर्थ राख्छ ।

तपाईंको व्यक्तिगत सिममा कार्यालय प्रयोजनका लागि फोन कल आइदिदाँ झञ्जट लाग्न सक्छ । यसले तपाईंको निजी र सार्वजनिक दुबै जीवनलाई एक ठाउँमा मिसाएर अव्यवस्थित बनाइदिन्छ ।

त्यसैले तपाईंलाई धेरै सिमको आवश्यकता पर्छ । अहिले उपलब्ध हाई एण्ड स्मार्टफोनले तपाईंलाई एक साथ धेरै सिमकार्ड प्रयोग गर्न मिल्ने सुविधा दिएको छ । तर यतिले तपाईंलाई नपुग्न सक्छ । 

अहिलेका नयाँ स्मार्टफोनमा पपअप सिम ट्रेको सुविधा छ । तर यो ट्रे हराएको खण्डमा यसले फोनलाई नै अर्थहीन र प्रयोगविहिन बनाइदिन्छ । यसकारण तपाईं यस्तो टूल लिनुहोस्, जसले तपाईंलाई धेरैओटा सिम प्रयोग गर्ने सुविधा दिन्छ ।

सिमओर कम्पनीले वर्षौंदेखि सिम एडप्टर टूल बनाउँदै आएको छ । कम्पनीले अहिले थप राम्रा सिम एडप्टर उत्पादन गरिरहेको छ । कम्पनीले यसको सुरुवात डुअल सिम एडप्टरबाट गरेको थियो । अहिले कम्पनीले उत्पादन गर्दै आएको सिम एडप्टरले चारदेखि पाँचओटासम्म सिम फोनमा राख्ने सुविधा दिन्छ । 

सिम कार्ड एडप्टर सिम कार्ड होल्डर हुन् । यसमा एक वा दुईवटा सिम रहने ट्रेलाई रिबन केबलले जोडेर अर्को भागमा सिम कार्ड होल्डर राखिएको हुन्छ, जसमा तीन वा चारवटा सिम कार्ड होल्ड गर्ने स्लट हुन्छन् ।

यसरी उक्त ट्रेलाई एन्ड्रोइड वा आईफोनमा घुसाउँदा रिबन केबलसँग जोडिएको अर्को सिम होल्डर बाहिरै रहन्छ । तर यी सिमहरु फोनमा कनेक्ट भएर एक्टिभ हुन्छन् । अब यो सिम एडप्टरलाई फोनको कभरले बाहिरबाट छोपेर प्रयोग गर्न सकिन्छ । 

सिमोरले यस्ता एडप्टरलाई मिलाएर राख्ने फोन कभर पनि उपलब्ध गराउँदै आएको छ । यो टूलको मूल्य चार वा पाँच कति वटा सिम प्रयोग गर्ने मिल्ने हो हेरी हेरी ४५०० देखि ६ हजारसम्म रुपैयाँ सम्म पर्न जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१