close

कस्तो होला कामको भविष्य ?

टेकपाना टेकपाना

फागुन २७, २०७६ १५:५५

कस्तो होला कामको भविष्य ?

प्रविधिमा विश्वसनीय इन्टरनेट कनेक्टिभिटी सँगै स्मार्टफोन, सामाजिक सञ्जाल तीब्र रुपमा विकास भइरहेका छन् । प्रत्येक क्षण यीनले हाम्रो ध्यानाकर्षण गरिरहेका हुन्छन् । 

त्यसो त यसको दुरुपयोग गर्नेहरुका लागि यसले जीवनमा ठूलो क्षति पनि गराउँछ । तर यसको सकरात्मक पाटोलाई हेर्ने हो भने यो एकदमै अमूल्य सम्पत्ति हो । जसले धेरैको जीवनमा नाटकीय सुधार पनि ल्याइरहेको छ । 

आधुनिक कार्यक्षेत्रमा दैनिक नयाँ नयाँ प्रविधि र एप्लिकेसनहरु प्रयोगमा आइरहेका छन् । यसले कामको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनुका साथै उत्पादकत्व समेत बढाइरहेको छ ।

यसबीच एउटा प्रश्न उठ्छः मानिसहरुको काममा रहँदाको जीवन र काम बाहिरको जीवन एकअर्कोसँग यति धेरै जोडिन थालेपछि कसरी अघि बढ्न सक्छन् ?

टाढा बसेर काम गर्नु कुनै नयाँ कुरा होइन । तर हालैका केही वर्षहरुमा संस्था तथा कर्मचारीहरुले लचिलोपनाको रुपमा फाइदा देख्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढेको छ । 

व्यापक रुपमा वकास भइरहेको नयाँ प्रविधिले कर्मचारीहरुलाई थप नजिक ल्याइरहेको छ । यसले कर्मचारीबीचको दुरीलाई घटाएको छ । यसले हाल देखा परिरहेको रिमोट वर्कफोर्स कल्चर अर्थात् टाढा बसेर एउटै समूहको काम गर्ने संस्कृतिलाई थप फाइदाजनक रुपमा सहजीकरण गर्ने देखिन्छ । 

धेरै रोजगारदाताहरुले अहिले रिमोट वर्क कल्चरको अर्थशास्त्रलाई बुझिसकेका छन् । यसले कर्मचारीहरुको उत्पादकत्व बढाउनुका साथै उनीहरुलाई काम लागि स्वस्थ वातावरण बनाइ दिन्छ । विदा धेरै मात्रामा कटौती हुन्छ । यसले प्रतिभालाई एकैठाउँमा बाँधेर राख्ने परम्पराको अन्त्य गर्दै कर्मचारी भर्तीलाई समेत प्रभावकारी बनाउँछन् । 

कम्पनीहरुले विश्वभर जहाँसुकैबाट कर्मचारी र विशेषज्ञहरु पाउन सक्छन् । यसले ओभरहेड खर्चलाई पनि कटौती गर्छ । कर्मचारीको घरदेखि कार्यालयसम्म आउँदा लाग्ने समय र पैसाको पनि बचत हुन्छ । कर्मचारीहरुले आफूले चाहेको ठाउँबाट काम गरेर आफ्नो जीवन र कामलाई सन्तुलनमा राख्नसक्छन् । 

हार्वड विजनेस रिभ्यूको एउटा लेखमा ४३ प्रतिशत अमेरिकीहरु रिमोट तरिकाले काम गर्ने गरेको उल्लेख छ । यस्ता रिमोट कार्यमाथि गरिएको केस स्टडीले रिमोट पेशा गर्दा कर्मचारीहरुको उत्पादकत्व चारदेखि १३ प्रतिशतसम्मले बढ्ने देखाएको छ । यसले प्रत्येक वर्ष अ‍मेरिकी अर्थतन्त्रमा अर्बौं डलर योगदान पुर्‍याउने गरेको छ । 

रिमोट वर्क रेभोलुसनका लागि प्रविधि माध्यम भए पनि अमेरिकी मिलिनियल्स र जेनेरेसन जेटले ल्याएको वर्क प्लेस सिफ्ट कल्चरले भविष्यको कार्यशैलीलाई निर्धारण गर्न निश्चित छ ।

यी युवा कर्मचारीहरुले आफ्नो सम्पूर्ण जीवन नै प्रविधिमा आधारित बनाइसकेका छन् र अबका जनशक्ति भनेका यीनै नयाँ नयाँ पिढिँ हुन् । डिजिटल प्रविधि रोजगारीको नयाँ मूल्य हो ।

आईटी, सोसल मिडियो, एसईओ र एनालिटिक्स जस्ता क्षेत्रमा कर्मचारीको माग बढिरहेको छ भने कन्स्ट्रक्सन, लजिस्टिक्सर ऊर्जा जस्ता पुराना उद्योगमा पनि नयाँ डिजिटल प्रविधिको भूमिका सृजना हुन थालिसकेको छ ।

यसकारण नयाँ कर्मचारीलाई जुन किसिमको वातावरणको आवश्यकता पर्छ रोजगारदातालाई त्यही सिर्जना गर्न दबाव पर्दै गएको छ । यसका लागि रोजगारदाताले खुल्ला र लचिलो काम गर्ने वातावरण बनाउनुपर्ने भएको छ, जहाँ कर्मचारी स्वतन्त्र रहेर आफ्नो काम र जीवनमा सन्तुलन कायम गर्न सकून् । 

अहिले विकास भइरहेका नयाँ कर्मचारीहरु एकदमै धेरै महत्वकांक्षी र शाहसी किसिमका छन् । यीनिहरु डिजिटल दुनियााँमा घुम्न र काम गर्न रुचाउँछन् । हामी एउटा सम्पर्कको विश्वमा बाँचिरहेका छौं । यहाँ यस्ता मुलुक र ठाउँहरु छन्, जसले रिमोट कार्यलाई अंगालेका छन् । 

रिमोर्ट वर्कको संस्कृतिलाई राम्ररी योजना बनाएर लाने हो भने यसले अहिलेको परम्परामा र यो युगमा रहेका हरेकलाई फाइदा पुर्‍याउँछ । यसमा रोजगारदाताले कर्मचारीलाई निरन्तर प्रशिक्षण र व्यक्तित्व विकासका तालिमहरु प्रदान गर्नुपर्छ ।

रोजगारदाताले सातामा, महिनामा वा डेढ महिनाको अवधिमा म्यानेजर र कर्मचारीको टिमबीच प्रत्यक्ष भेटघाटको व्यवस्थाको नियम बनाउनुपर्छ । यसले कार्यस्थलको संस्कृतिलाई व्यवस्थापन गर्छ, नीति नियम, नैतिकता र जिम्मेवारीलाई कायम राख्छ । 

कर्मचारीले पनि आफ्नो कामलाई प्रभावकारीरुपमा निभाउन, उत्पादनशील रहन कार्ययोजना बनाउनै पर्छ । योजनामा कर्मचारीले काम गर्नका लागि सही ठाउँ चयन गर्नुपर्छ l सही काम कुन समयमा कुन ठाउँमा बसेर कति गर्ने भनेर निर्धारण गरी त्यही अनुसार योजना बनाउनु पर्छ । 

यसरी सबै पक्षबाट केलाउँदा हप्तामा चारपाँच दिन यात्रा गरेर काम गर्न धाउनुभन्दा यो तरिका व्यवस्थित ढंगले काम गर्न उपयुक्त देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१