close

माइक्रोसफ्ट विण्डोज टेनको अपेडटमा समस्या, अनइन्स्टल गर्न कम्पनीको सुझाव

टेकपाना टेकपाना

फागुन २७, २०७६ १६:४०

माइक्रोसफ्ट विण्डोज टेनको अपेडटमा समस्या, अनइन्स्टल गर्न कम्पनीको सुझाव

एजेन्सी । माइक्रोसफ्टले विण्डोज टेनमा अर्को समस्याग्रस्त अपडेट सार्वजनिक गरेको छ । केबी ४५३५९९६ नामक उक्त अपडेटले समस्या समाधान गर्नुको साटो झन् अर्को समस्या खडा गरिदिएको छ । 

माइक्रोसफ्टले गत फेब्रुअरीमा विण्डोज टेनमा केबी ४५३५९९६ को अपडेट सार्वजनिक गरेको थियो । कम्पनीले सर्च फंसनालिटी, प्रिन्टिङ तथा ब्याट्री पर्फमेन्सलाई असर पुर्‍याउने सबै किसिमका विषय सम्बोधन गर्न नयाँ अपडेट ल्याएको थियो । 

तर उक्त अपडेट इन्स्टल गरिसकेपछि विण्डोज टेन १९०९ र १९०३ का प्रयोगकर्ताहरुले विभिन्न समस्याहरु उत्पन्न भएको गुनासो गरेका छन् । जसमा बूट, क्य्रास, पर्फमेन्स, अडियो र डेभलपर्स टूलहरु खण्डित हुने लगायतका समस्या रहेका छन् । 

तर माइक्रोसफ्टले हालसम्म उक्त विषयलाई आधिकारिक रुपमा स्वीकार गरेको भने छैन र त्यस्तो समस्यालाई  सम्बोधन गर्न कुनै सुझाव पनि दिएको छैन । तर उसले उक्त अपडेटलाई अनइन्स्टल गर्न चाहिँ भनेको छ । 

एक प्रयोगकर्ताले आफ्नो कम्पनीका पीसीहरुमा केबी ४५३५९९६ अपडेट गर्दा दुई सयओटा पीसीहरु क्य्रास भएको र डिस्प्लेमा बीएसओडी देखिएको बताइएको छ ।

धेरै पीसीहरुमा समस्या आएपछि उक्त अपडेटलाई अनइन्स्टल गर्दा पनि राम्ररी काम नगरेको र इनिसियल बूटमा अझै लकअप भएको उल्लेख छ । अन्य धेरै प्रयोगकर्ताहरुले विभिन्न किसिममा समस्याहरु बारेमा गुनासो गरिरहेका छन् ।

कसैले विण्डोज टेनको साउण्डमा समस्या आएको, कसैले डिभाइस सेफ मोडमा नगएको र कसैले भिजुअल स्टुडियो कोड साइनिङ टूलले काम नगरेको जस्तो गुनासो गरेका छन् । तर माइक्रोसफ्टले भिजुअल स्टुडियोमा भएको ग्लिच इफेक्टका कारण यो सबै भएको स्वीकार गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१