close

आईफोनभन्दा दोब्बर छिटो घट्छ एन्ड्रोइडको मूल्य, कुन ब्राण्डको कति ?

टेकपाना टेकपाना

फागुन २७, २०७६ १७:४२

आईफोनभन्दा दोब्बर छिटो घट्छ एन्ड्रोइडको मूल्य, कुन ब्राण्डको कति ?

काठमाडौं । स्मार्टफोनको आयु छोटो हुन्छ र बजार मूल्य पनि क्रमशः कम हुँदै जान्छ । मूल्य अवमूल्यन हुँदै जानु स्मार्टफोन संस्कृतिको एउटा नियम नै हो ।

तर एउटा सेलफोन ट्रेड-ईन साइट बैंकमाईसेल निकालेको प्रतिवेदनले एन्ड्रोइड फोनको तुलनामा आईफोनको भ्याल्यू लामो समय रहने देखाएको छ । 

उक्त रिपोर्टले तीन सय जति फोनको रिसेल भ्याल्यू ट्र्याक गरेको थियो । पक्कै पनि यो नतिजा एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि भने दुखद छ । 

पहिलो वर्ष आईफोनको मूल्यमा २३.४५ प्रतिशतले गिरावट आएको थियो भने दोस्रो वर्षमा सुरुवाती मूल्यदेखि ४५.४६ प्रतिशतले घटेको थियो ।

यो हेर्दा वा सुन्दा निकै ठूलो गिरावट लाग्न सक्छ । सात सय डलरभन्दा माथिको फ्ल्यागशिप एन्ड्रोइड फोनको तुलनामा यो केही पनि होइन भन्दा फरक पर्दैन ।

पहिलो वर्ष ती फोनले ४५.१८ प्रतिशतले मूल्य गुमाएका थिए भने दोस्रो वर्ष ७१.४१ प्रतिशले अवमूल्यन भएको थियो । वास्तवमा यस्तो मूल्य अवमूल्यन एन्ड्रोइडको हाई एण्ड फोनको मात्र दुर्दशा भने होइन ।

बैंकमाईसेलको रिपोर्ट अनुसार विगत दुई वर्षमा सार्वजनिक भएका ३५० डलर मूल्यसम्मका एन्ड्रोइड फोन वा त्यसभन्दा मूनि मूल्य भएका फोनले पनि एक वर्षभित्रमै आधाभन्दा धेरै मूल्य गुमाएका थिए । 

२०१९ देखि २०२० को बीचमा सामसङ, मोटोरोला, एलजी, एचटीसी र गूगल लगायतका स्मार्टफोन ब्राण्डहरुले पहिलो वर्षमै आफ्नो व्यापार मूल्यभन्दा औषतमा ४८.६५ प्रतिशत अवमूल्यन व्यहाेर्नु पर्‍यो ।

रिपोर्टअनुसार आईफोन एक्सआरले २०१९ भर आफ्नो मूल्य २१.५५ प्रतिशतले मात्रै गुमाएको थियो भने ग्यालेक्सी एस टेन ईले केवल ९ महिनामै ३७.९८ प्रतिशतले मूल्य गिरावट सहनु पर्‍यो ।

यस्तै आईफोन एक्सएसले २०१९ मा २३.३१ प्रतिशतले मूल्य गुमाएको थियो भने ग्यालेक्सी एस टेनले ९ महिनामै ४३.७८ प्रतिशतले मूल्य गुमायो । 

यस्तै आईफोन एक्सएस म्याक्सले २०१९ मा २५.५१ प्रतिशतले मूल्य गुमाएको थियो भने ग्यालेक्सी एस टेन प्लसले ९ महिनामै ४५.२६ प्रतिशतले मूल्य गुमायो । 

एन्ड्रोइड डिभाइसको कुरा गर्दा यो दुर्दशाबाट गुज्रिने कम्पनी सामसङ मात्र होइन मोटोरोला, एलजी र गूगलका स्मार्टफोनहरुको पनि अवस्था यस्तै छ । 

मोटोरोलाले २०१९ को जनवरीदेखि डिसेम्बरसम्म औषत ५९.४१ प्रतिशतले मूल्य गुमाएको छ । यस्तै मोटोरोला वान २०१८ ले सबैभन्दा धेरै र सबैभन्दा छिटो मूल्य गुमायो । जुन ७५.८४ प्रतिशत रहेको छ । 

यस्तै एलजीको २०१९ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा औषत ५६.७६ प्रतिशतले मूल्य अवमूल्यन भयो । २०१५ को नेक्सस फाइभ एक्स उसको सबैभन्दा छिटो मूल्य गिरावट हुने डिभाइस बन्यो । जसको मूल्य ७०.५९ प्रतिशतले घटेको थियो ।

यस्तै २०१७ मा भी ३० ले सबैभन्दा धेरै मूल्य गुमाएको थियो जुन १४५ डलर रहेको थियो । गूगले सोही अवधिमा ५१.६८ प्रतिशतले मूल्य गुमायो ।

२०१८ मा पिक्सेल थ्रीले सबैभन्दा धेरै र छिटो मूल्य गुमायो, जुन ५६.७० प्रतिशत रहेको थियो । रिसेल गर्ने उद्देश्यले मोबाइल खरिद गर्दै हुनुहुन्छ भने तपाईं एन्ड्रोइडको साटो आईफोन नै खरिद गर्नुहोस् ।

२०१९ मा कुन ब्राण्डको कति अवमूल्यन भयो ?

  1. एप्पल २५.९८ प्रतिशत
  2. नोकिया २७.६८ प्रतिशत
  3. सोनी ३१.३० प्रतिशत
  4. एचटीसी ३२.०१ प्रतिशत
  5. सामसङ ३४.४२ प्रतिशत
  6. ब्ल्याकबेरी ३४.९२ प्रतिशत
  7. गूगल ५१.६८ प्रतिशत
  8. एलजी ५६.७६ प्रतिशत
  9. मोटोरोला ५९.४१ प्रतिशत

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१