close

सामसङ ग्यालेक्सी ए७१ र ए५१ नेपाली बजारमा, यस्तो छ मूल्य

टेकपाना टेकपाना

फागुन २७, २०७६ १९:८

सामसङ ग्यालेक्सी ए७१ र ए५१ नेपाली बजारमा, यस्तो छ मूल्य

सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी एसेभेन्टी वान र तथा ग्यालेक्सी एफिफ्टीवान बजारमा प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई बजारमा ल्याइएको उल्लेख गरेको छ ।

ग्यालेक्सी एसेभेन्टी वान र ए फिफ्टी वान मोबाइल ज्यादा टिकाउ हुने ब्याट्री, स्पष्ट तस्विर खिच्नसक्ने क्यामेरा र इन्फिनिटी–ओ डिस्प्ले जस्ता विशेषता रहेका छन् ।

ग्यालेक्सी ए फिफ्टी वान

क्यामेरा

ग्यालेक्सी ए सेभेन्टी वा रा ग्यालेक्सी ए फिफ्टी वानमा मेन क्यामेराका साथै अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ सेन्सर राखिएको छ । ग्यालेक्सी ए सेभेन्टी वानमा ६४ मेगापिक्सेल तथा ग्यालेक्सी ए फिफ्टी वानमा द्धड मेगापिक्सलको मेन क्यामेरा राखिएको छ ।

जसले दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने कम्पनीको दाबी छ । यसमा अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्ने दाबी कम्पनीले गर्दै आएको छ ।

यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।

भिडियो

यी फेनमा सुपर स्डेडि मोडमा भिडियो खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।

डिस्प्ले

ग्यालेक्सी ए सेभेन्टी वान तथा ग्यालेक्सी ए फिफ्टीमा सुपर एमोलेड प्लस तथा सुपर एमोलेड प्लस एज टु एज इन्फिनिटी–ओ डिस्प्ले रहेको छ । फोनमा क्रमशः ६.७ इञ्च तथा ६.५ इन्चको स्क्रिन रहेको छ ।

ब्याट्री

ग्यालेक्सी ए सेभेन्टी वान र ग्यालेक्सी ए फिफ्टी वानमा क्रमशः ४५०० र ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने साथमा २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्गको सुविधा समेत रहेको छ ।
दुबै फोन प्रिज्म क्रुश ब्ल्याक, ह्वाइट र ब्ल्यु रंगको पेस्टल शेडहरूमा बजारमा आएका छन् ।

मूल्य

२९ फागुन देखि बजारमा उपलब्ध हुने ग्यालेक्सी ए सेभेन्टी वान र ग्यालेक्सी ए फिफ्टी वानको मूल्य क्रमशः ४९,९९९ तथा ३८,३९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१