close

सडक दुर्घटनाको रेकर्ड राख्न नेपाल प्रहरीको छुट्टै सफ्टवेयर

टेकपाना टेकपाना

फागुन २८, २०७६ ११:३९

सडक दुर्घटनाको रेकर्ड राख्न नेपाल प्रहरीको छुट्टै सफ्टवेयर

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा हुने सडक दुर्घटनाको अभिलेख राख्न छुट्टै सफ्टवेयर प्रयोगमा ल्याएको छ । ‘रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ नाम दिइएको उक्त सफ्टवेयर प्रयोगमा आएको हो ।

ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका ३३ ओटा कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सफ्टवेयरको प्रयोगबाट दुर्घटनाको अभिलेख राख्नुका साथै राजधानीको सडक सुधार तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यातायात व्यवस्था बिभागसँगको सहकार्यमा नेपाल प्रहरीले यो सफ्टवेयर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१