close

ईसेवाको टिकटक च्यालेञ्ज, विजेतालाई नगद ३० हजारसम्म

टेकपाना टेकपाना

फागुन २८, २०७६ १२:३९

ईसेवाको टिकटक च्यालेञ्ज, विजेतालाई नगद ३० हजारसम्म

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले टिकटक च्यालेञ्ज सार्वजनिक गरेको छ । कम्पनीले सहभागीलाई ३० हजार रुपैयाँसम्मको पुरस्कार जित्न सक्ने गरी यस्तो च्यालेञ्ज दिएको हो ।

ईसेवाको स्क्या टु पे फिचरलाई समावेश गरेर बनाइएका टिकटक भिडियोहरु मध्येबाट विजेता छनौंट गरिने कम्पनीले जनाएको छ । त्यसका साथै #eSewaTikTokChallenge #eSewaScantoPay #eSewa जस्ता ह्यास ट्याग सहित कम्पनीको अफिसियल टिकटक पेजलाई समेत मेन्सन तथा फलो गरेको समेत हुनुपर्नेछ ।

धेरै लाइक प्राप्त गर्ने भिडियो विजेताको रुपमा छनौंट गरिनेछ । जसमा विजेताले ३० हजार रुपैयाँ, पहिलो र दोश्रो रनरअपले १०/१० हजार रुपैयाँ र तेस्रो देखि १० औँ रनरअपसम्मले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१