close

यस्तो घडी, जसले तपाईंलाई कोरोनाबाट जोगाउन सक्छ

टेकपाना टेकपाना

फागुन २८, २०७६ १३:३२

यस्तो घडी, जसले तपाईंलाई कोरोनाबाट जोगाउन सक्छ

एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरुले हात र मुखबीच दूरी कायम गर्न सल्लाह दिँदै आएका छन् । तपाईंको हातमा रहेका संक्रामक कीटाणू तपाईंको नाकमा रहेको तरल पदार्थ, मुखको र्‍याल वा आखाँको आँशु हुँदै तपाईंको शरीरभित्र प्रवेश गरेर संक्रमित तुल्याउन सक्छन् ।

त्यसकारण चिकित्सकहरुले तपाईंलाई हातले मुख तथा अनुहार नछुन सुझाव दिदैँ आएका छन् । तर अधिकांश समय बानीका कारणले गर्दा तपाईंको हात अनुहारमा पुग्ने गर्छ ।

अब तपाईंको यो बानीलाई छुटाउन स्लाइट्ली रोबोट नामक एउटा स्टार्टअपले घडी विकास गरेको छ । कम्पनीले घडीलाई इमुटच नाम दिएको छ ।

स्लाइट्ली रोबोटले रिडिजाइन गरेको इमोटच हातमा लगाउने घडी हो । यो घडी लगाउने व्यक्तिले आफ्नो हातले अनुहार छुन खोजे घडी भाइब्रेट भएर प्रयोगकर्तालाई चेतावनी दिन्छ । 

यो घडीमा भएको एक्सेलेरोमिटरले हातको हाउभाउलाई प्रति सेकेण्ड १० पटकसम्म मापन गर्छ । जब हात उठेर आखाँ, मुख वा नाक छुन खोज्छ तब घडी थर्किन्छ । 

साथै यस घडीसँग रहेको एपले तपाईंको हात उठाउने बानीमा कति प्रगति गर्नु भयो भनेर मापन पनि गर्नसक्छ । हाल यो घडीको मूल्य ५० डलर (५८ सय रुपैयाँ) रहेको र यो छिट्टै बजारमा आउने तयारीमा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१