close

स्मार्टको सिम किन्दा टकटाइमसँगै ८ जीबी डेटा

टेकपाना टेकपाना

फागुन २९, २०७६ १६:३७

स्मार्टको सिम किन्दा टकटाइमसँगै ८ जीबी डेटा

मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट सेलले नयाँ सिम किन्ने ग्राहकलाई टकटाइमसँगै ८ जीबी डेटा दिने भएको छ । कम्पनीले ९९ रुपैयाँमा सिम खरीद गर्ने ग्राहकलाई ‘स्मार्ट थ्रीजीबी डेटा’ नामक आकर्षक अफर सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार नयाँ स्मार्ट सिम खरीद गर्ने ग्राहकले पहिलो महिनाका लागि ३ जीबी डेटा र २० मिनेट टकटाइम पाउनेछन् । त्यसपछि प्रत्येक महिना १ जीबीका दरले छैटौं महिनासम्म गरी ५ जीबी डेटा प्रयोग गर्न सकिनेछ । यद्यपी यस्तो डेटा प्रयोग गर्न कम्तिमा एक सय रुपैयाँ रिचार्ज भने गरेकै हुनुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१