close

अनलाइनबाटै २६ मार्चमा सार्वजनिक हुँदै ह्वावे पीफोर्टी

टेकपाना टेकपाना

फागुन २९, २०७६ १३:३९

अनलाइनबाटै २६ मार्चमा सार्वजनिक हुँदै ह्वावे पीफोर्टी

एजेन्सी । ह्वावेले गत महिनाको अन्त्यमा पेरिसमा आयोजना हुने एउटा ग्लोबल इभेन्टमा पी फोर्टी र पी फोर्टी प्रो स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर कोरोना भाइरसकको त्रासको कारण अब यो फोन आउँदो २६ मार्चमा अनलाइन इभेन्टबाटै सार्वजनिक गर्ने भएको छ । 

कोरोना भाइरसका कारण विभिन्न ठूला टेक इभेन्टहरु हालैको महिनामा रद्द भइसकेका छन् । गत महिना आयोजना हुने भनिएको मोबाइल वर्ल्ड कंग्रेस पनि कोरोनाकै कारणले रद्द भएको थियो । यस्तै सीटी अफ अस्टिनमा एसएक्सएसडब्लू मार्च हुने भनिएको इभेन्ट पनि भर्खरै रद्द भएको छ । 

ह्वावेको समकक्षी कम्पनी ओप्पोले पनि कोरोनाकै त्रासका कारण गत हप्ता अनलाइन इभेन्टमार्फत एक्स टु सिरिजको फोन सार्वजनिक गरेको थियो । 

यस्तै अर्को हप्ता आयोजना हुने भनिएको गेम डेभलपर्स कन्फ्रेन्स जीडीसी पनि कोरोनाकै कारणले स्थगित भएको छ । 

यस्तै अन्य टेक इभेन्टहरु गूगल आईओ लगायतका इभेन्ट पनि यस वर्ष अनलाइनमै आयोजना हुने भएका छन् । 

ह्वावेको पी फोर्टी र पी फोर्टी प्रो दुबै फोनहरुमा फाइभजी नेटवर्क इनेबल हुने अपेक्षा गरिएको छ । साथै यी फोन प्रोसेसरमा सुधारिएको अप्टिक्स प्रयोग हुने छ । यी फोनमा किरिन ९९० फाइभजी चिपसेट प्रयोग हुने बताइएको छ । 

रेन्डर्सका अनुसार यो भेनिला पी फोर्टीको पछाडि पट्टि तीन ओटा क्यामेरा सेटअप रहने छ । यस्तै पी फोर्टी प्रोमा भने अझ आकर्षक पेन्टा लेन्स क्यामेरा सिस्टम रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१