close

साओमीको १०८ एमपी क्यामेरा रहेको फाइभजी स्मार्टफोन एमआई १० प्रो सार्वजनिक हुँदै

टेकपाना टेकपाना

फागुन ३०, २०७६ ११:४

साओमीको १०८ एमपी क्यामेरा रहेको फाइभजी स्मार्टफोन एमआई १० प्रो सार्वजनिक हुँदै

एजेन्सी । साओमीले २०२० मा १० भन्दा धेरै फाइभजी प्रविधिमा आधारित स्मार्टफोन सार्वजनिक गर्ने लक्ष्य लिएको छ । यसै अन्तर्गत कम्पनीले मार्च २७ मा आफ्नो पहिलो फोन सार्वजनिक गर्ने भएको हो । 

विश्वको चौथो ठूलो फोन निर्माता कम्पनी साओमीले फेब्रुअरी १३ मा आफ्नो उत्कृष्ट श्रेणीका फोन एमआई टेन र एमआई टेन प्रो सार्वजनिक गरेको थियो । कम्पनीले चिनियाँ बजारमा उक्त फोन अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको थियो । 

साओमीका यी दुई फोनहरुको कुरा गर्दा दुबै फोन प्रिमियम फ्ल्यागसिप फोन अन्तर्गत पर्छन् । दुबै फोनमा हार्डवेयरमा राम्रो अपग्रेड गरिएको छ । दुबै फोनमा क्वालकमको स्नापड्रागन ८६५ प्रोसेसर रहेको छ ।

९० हर्जको रिफ्रेस रेट रहेको छ भने ४५ सय एमएएचको ब्याट्री छ । यसमा १०८ मेगापिक्सेलको क्यामेरा पनि रहेको छ ।

एआई टेनको पछाडिपट्टीको क्यामेरामा १३ मेगापिक्सेलको वाइड एंगल क्यामेरा लेन्स रहेको छ भने दुई मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर रहेको छ । तर यसमा टेलिफोटो लेन्स भने राखिएको छैन । 

यसमा एआई नाइनको डुअल स्टिरियो स्पिकर सिस्टम रहेको छ । यो फिचर एमआई सिक्स यताका सिरिजहरुमा राखिएको थिएन । 

एमआईका यी फोन आन्तरिक फिचरको मामिलामा सामसङ एस ट्वान्टीको लाइनमा आउने गरेको छन् । तर यसको मूल्य भने तुलनात्मक रुपमा कम छ ।

चीनमा सार्वजनिक भएको मूल्य अनुसार हेर्दा यो फोन ५७० डलर (६६,००० रुपैयाँ) देखि सुरु हुन्छ । यस्तै एमआई टेन प्रो भने ७१५ डलर (८३,००० रुपैयाँ) देखि सुरु हुन्छ ।

जब कि सामसङ एस ट्वान्टी मोडलको आधाभूत भेरियन्टको मूल्य हजार डलर (१ लाख १६,००० रुपैयाँ) देखि सुरु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१