close

नेपाली बजारमा एफ फिफ्टिन भित्र्याउँदै ओप्पो

टेकपाना टेकपाना

फागुन २९, २०७६ १९:१५

नेपाली बजारमा एफ फिफ्टिन भित्र्याउँदै ओप्पो

काठमाडौं । ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ओप्पो एफ फिफ्टिन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । ओप्पोको सबैभन्दा लोकप्रिय सिरिजको रुपमा रहेको ‘एफ सिरिज’ कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो ।

त्यसै अन्तरगतको नयाँ स्मार्टफोन ओप्पो एफ फिफ्टिन पनि छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोन स्लिक र फेशनेवल डिजाइनका साथ आउनेछ । जुन एफ सिरिज अन्तर्गतकै सर्वाधिक फेशनेवल स्मार्टफोन हुने दाबी गरिएको छ ।

हाल सम्म कम्पनीले ओप्पो एफ फिफ्टिनका विशेषताहरु भने सार्वजनिक गरिसकेको छैन । तथापी, यसअघिका एफ सिरिजमा जस्तै फोनको डिजाइन र यसमा प्रयोग हुने प्रविधिमा भने कम्पनीले विशेष जोड दिएको उल्लेख गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१