close

४९ सय कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको निर्देशन

टेकपाना टेकपाना

फागुन २९, २०७६ १९:३४

४९ सय कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको निर्देशन

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेको एकदिनपछि ट्वीटरले विश्वभरका आफ्ना ४९ सय जना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । 

यो नयाँ कार्य व्यवस्था लागु भएसम्म करारमा आधारित होस् तथा घण्टाको हिसाबले काम गर्ने आफ्ना सम्पूर्ण कर्मचारीलाई निरन्तर तलब भूक्तानी गर्ने ट्वीटरले उल्लेख गरेको छ । 

साथै ट्वीटरले कोरोना भाइरसका कारण डे केयर सेन्टरहरु बन्द हुँदा थप डेकेयरका लागि खर्च गर्ने अभिभावकहरुको पैसा समेत भुक्तानी गरिदिने बताएको छ । साथै कम्पनीले घरमा बसेर काम गर्दा जुटाउनुपर्ने भिन्दै उपकरण र सामग्रीहरुमा लाग्ने खर्च पनि आफूले भर्पाई गरिदिने ट्वीटरको भनाई छ । 

यो महिनाको सुरुवातमा ट्वीटरले हङकङ, जापान र दक्षीण कोरियामा रहेका आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न निर्देशन दिएको थियो । 

ट्वीटरमात्र होइन अमेजन र गूगल लगायतका कम्पनीहरुले पनि चीन र चीनबाहिर विभिन्न देशमा रहेका आफ्ना कार्यालयहरु बन्द गरेर दशौं हजार कर्मचारीहरुलाई घरमै बस्न आह्वान गरेका छन् । 

मार्च १० मा गूगलको साँझेदार कम्पनी अल्फाबेटले आफ्ना करीब एक लाख उत्तर अमेरिकी कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१