close

सुधारिएको किबोर्डसहित नयाँ म्याकबुक सार्वजनिक गर्दै एप्पल

टेकपाना टेकपाना

फागुन ३०, २०७६ १३:२७

सुधारिएको किबोर्डसहित नयाँ म्याकबुक सार्वजनिक गर्दै एप्पल

एजेन्सी । एप्पलको १६ इञ्चको म्याकबुक प्रो गत नोभेम्बरमा सार्वजनिक भएको थियो । त्यस अघि आएको १५ इञ्चको मोडलको तुलनामा यसको किबोर्डमा निकै सुधार भएको छ । तर १३ इञ्चको म्याकबुक प्रो र म्याकबुक एयरमा अझै पनि पुरानो, बटरफ्लाइ डिजाइन छ । 

तर खबरहरुका अनुसार एप्पलले म्याकबुक प्रो र म्याकबुक एयरको नयाँ भर्सन २०२० को दोस्रो चौमासिकमा सार्वजनिक गर्दैछ । नभए २०२१ को पहिलो चौमासिकमा पनि यो सार्वजनिक हुनसक्छ । 

एप्पलका नयाँ ल्यापटपहरुमा सुधारिएको, सिजर किबोर्ड मेकानिजम हुनेछ । तर यो नयाँ आउने म्याकबुक प्रोको साइज भने उल्लेख गरिको छैन ।

यद्यपी हालको १३ इञ्चको मोडलको साटो १४.१ इञ्चको म्याकबुक आउने अपेक्षा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण एप्पलले आफ्नो मार्चको कार्यक्रम रद्द गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१