close

सावधान ! साथीको गर्लफ्रेण्डको नग्न तस्विर भन्दै ह्याकरले झुक्याउला…

टेकपाना टेकपाना

फागुन ३०, २०७६ १५:२

सावधान ! साथीको गर्लफ्रेण्डको नग्न तस्विर भन्दै ह्याकरले झुक्याउला…

काठमाडौं । साथीको प्रेमीकाको नग्न तस्विर देखाउने भन्दै एउटा जोखिमपुर्ण ईमेल अहिले अनलाइनभर फैलिएको छ । यो नयाँ मालिसियस ईमेलले प्राप्तकर्ताको साथी, जसले पैसा दिन अस्वीकार गरेको छ, उसको प्रेमिकाको नग्न तस्विर खिचेको दाबी गरिरहेको छ । 

अहिले यो मेलले पीडित तुल्याउन खोजिएको व्यक्तिको सम्पर्कमा रहेका हरेक व्यक्तिलाई नग्न तस्विर पठाइएको बताउँदै ईमेल अट्याचमेन्ट चेक गर्न आग्रह गर्नेगरेको छ । 

चोरिएका नाङ्गो तस्विर अरुलाई पठाइदिने चेतावनी दिनुको साटो ह्याकरहरुले यो ‘सेक्सटोर्सन’ को नयाँ विधि अपनाउन थालेका छन् । अनुसन्धानकर्ताहरुले सेक्सटोर्सनको माध्यमबाट भइरहेको यो माल्वेयर फैलाउने प्रयास निकै नै चुनौतिपुर्ण कदम भएको बताएका छन् । 

प्रापकहरु, जसले यो अट्याचमेन्ट खोल्छन्, तब उनीहरुले मधुरो अश्लील जस्तै देखिने सामग्री रहेको वर्ड डकुमेन्ट खुल्छ । अनि त्यस अगाडि त्यो सामग्री कसरी हेर्ने भनेर सुझाइएको हुन्छ ।

सुरेई विश्वविद्यालयका प्राध्यापक एलान वुडवार्डले यसरी जोखिमपुर्ण एप्लिकसन डाउनलोड  गर्न लगाउने तरिका क्लासिक किसिमको भएको बताएका छन् । ‘स्क्यामरहरु बारे रोचक कुरा त यो छ कि तिनिहरुले नयाँ स्क्यामकै मनोविज्ञानलाई नयाँ प्याकेजको रुपमा प्रयोग गरिरहेका छन्,’ उनले भनेका छन् ।

साधारतया ह्याकरहरुले प्रयोगकर्तालाई वेबक्याम तथा उनीहरुको सेभ भएका मध्येबाट अश्लील तस्विरहरु आफूले प्राप्त गरेको दाबी गर्ने गर्छन् । अनि त्यस्ता तस्विरहरु प्रयोगकर्ताका साथी तथा परिवारका सदस्यलाई पठाइदिने भन्दै रकम अशुल्ने गर्दछन् ।

‘हामीले उसको गर्लफ्रेण्डका नग्न तस्विरहरु फेला पारेका छौँ र ५०० डलर मागेका पनि थियौ,’ ईमेलमा यस्तै लेखिएको हुन्छ,’ ‘तर अफसोच, उसले हामीलाई पैसा दिएन… तपाईंले ती तस्विरहरु यो म्यासेजसँगै अट्याच भएको पाउसक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१