close

स्याटेलाइट र स्मार्टको रेञ्ज परिवर्तन गर्दै एनसेललाई एकमुस्ट फ्रिक्वेन्सी

टेकपाना टेकपाना

फागुन ३०, २०७६ १६:१६

स्याटेलाइट र स्मार्टको रेञ्ज परिवर्तन गर्दै एनसेललाई एकमुस्ट फ्रिक्वेन्सी

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एकमुस्ट २० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरको छ । नेपाल दूसञ्चार प्राधिकरणले १८०० मेगाहर्जको फ्रिक्वेन्सी रिफार्मिङ गरेर एनसेललाई २० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको हो ।

प्राधिकरणले बिहीबारमात्रै सेवा एनसेललाई यस वारेमा जानकारी गराएकाे छ । प्राधिकरण फ्रिक्वेन्सी शाखाका प्रमुख अम्बर स्थापितका अनुसार फ्रिक्वेन्सीई व्यवस्थापन गर्ने प्राधिकरण बोर्डको निर्णय अनुसार फ्रिक्वेन्सी रिफार्मिङ गरी एनसेललाई एकमुस्ट फ्रिक्वेन्सी उपलब्ध गराइएको हो ।

स्थापितका अनुसार १८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी रिफार्मिङ गर्दा नेपाल टेलिकमले प्रयोग गरिरहेको फ्रिक्वेन्सीमा कुनै परिवर्तन भएको छैन । किनभने टेलिकमले १८ ब्याण्डको सुरुवाती १५ मेगाहर्ज फ्रिक्वेन्सी एकमुस्ट पाएकाले त्यसमा कुनै परिवर्तन नभएको हो ।

बीचको फ्रिक्वेन्सी प्राप्त गर्ने एनसेल, नेपाल स्याटेलाइट टेलिकम र स्मार्ट टेलिकमको फ्रिक्वेन्सी रेञ्जमा भने परिवर्तन भएको छ । अन्तिममा रहेको यूनाइटेड टेलिकम (यूटीएल) को फ्रिक्वेन्सी रेञ्जमा भने कुनै परिवर्तन भएको छैन । रिफार्मिङ गर्दा बीचमा ५ मेगाहर्ज र २ मेगाहर्ज ब्याण्डविथ खाली बचेको छ ।

यससँगै एनसेलले यसअघि प्रयोग गर्दै आएको ११ मेगाहर्ज र अक्सनमार्फत प्राप्त गरेको ९ मेगाहर्ज फ्रिक्वेन्सी क्रमवद्ध रुपमा प्राप्त गरेको छ । यसरी क्रमवद्ध रुपमा एकै स्थानमा फ्रिक्वेसी हुँदा सेवाको गुणस्तरमा फरक पर्ने स्थापितले जनाएका छन् । उनका अनुसार सेवा प्रदायकको हकमा थप फिल्टर राख्नुपर्ने झन्झट पनि हुनेछैन ।

यसरी फ्रिक्वेन्सी रिफार्मिङ गर्दा अन्य सेवा प्रदायकको फ्रिक्वेन्सी रेञ्जमा परिवर्तन भएकाले उनिहरुलाई पनि बिहीबारै जानकारी गराइएको स्थापितले बताए । उनका अनुसार अब प्राधिकरणले गरेको फ्रिक्वेन्सी रिफार्मिङअनुसार नै सेवा प्रदायकहरुले फ्रिक्वेन्सी रेञ्ज व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि सेवा प्रदायकलाई एक महिनाको समय दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१