close

मास्क लगाएरै मोबाइल ‘फेस अनलक’ गर्ने ट्रिक

टेकपाना टेकपाना

चैत १, २०७६ ११:१७

मास्क लगाएरै मोबाइल ‘फेस अनलक’ गर्ने ट्रिक

एजेन्सी । अहिले विश्वभरका मानिसहरु कोरोना भाइरसको महामारी फैलिन नदिन सकेसम्म स्वास्थ्य सावधानी अपनाइरहेका छन् । त्यसमा संक्रमित तथा अन्यले भाइरसको रोकथामका लागि फेस मास्क प्रयोग गर्ने क्रम एकदमै बढेको छ, यतिसम्म कि बजारमा मास्कको अभाव नै सिर्जना भएको छ ।

तर, मास्कको प्रयोगले एउटा असुविधा भने भएको छ, त्यो के भने मोबाइल अनलक गर्नका लागि आफ्नो अनुहारको प्रयोग गर्न पाइँदैन । यो समस्या समाधानको रुपमा एउटा सेक्यरिटी फर्मले सजिलो उपाय पत्ता लगाएको छ ।

आईफोनमा मास्कले आंशिक रुपमा अनुहार छोपेर फेस आईडी रजिस्टर गर्दा यो समस्या समाधान गर्न सकिने कुरा टेन्सेन सेक्युरिटी सुहान्हु ल्याबले भर्खरै पत्ता लगाएको हो । सुरुवाती समयदेखि यो सबै प्रक्रिया पुरा गर्ने हो भने प्रयोगकर्ताले अनुहारबाट मास्क नहटाएरै आफ्नो फोन अनलक गर्न सक्छन् । 

कसरी सेटअप गर्ने ?

Tencent coronavirus face unlock mask tutorial 1

यसका लागि सुरुमा तपाईंले आफ्नो मास्कलाई दाहिने वा देब्रे अनुहार छोप्ने गरी आधा भागमा पट्याउनुपर्ने हुन्छ (तस्विरमा देखाइए जस्तै) । अब यही अवस्थामा राखेर आफ्नो फोनमा फेस अनलक रजिस्टर गर्ने प्रक्रिया थाल्नुहोस् ।

Tencent coronavirus face unlock mask tutorial 2

टेन्सेन्टका अनुसार यति गरेपछि प्रयोगकर्ताले सुरुमा नांगो अनुहारले अनलक गर्नुपर्ने हुन्छ । त्यसपछि भने मास्क लगाएकै अवस्थामा मोबाइल अनलक गर्न सकिन्छ । 

यो सेटअप गर्ने प्रक्रिया सजिलो छ । यो तरिका ह्वावे मेट ट्वान्टी प्रोमा समेत अपनाउन सकिने देखिएको छ । हामीले वैकल्पिक रुपमा मास्क नलगाएकै अवस्थामा अनलक गर्न मिल्ने समेत बनाउन मिल्छ ।

यो उपाय तपाईंको मोबाइलमा काम गर्छ वा गर्दैन भन्ने कुरा चाहिँ तपाईं स्वयम्‌ले कोसिस गरी हेर्नुपर्ने हुन्छ । टेन्सेन्टले चिनियाँ भाषामा यसका लागि टुटोरियल पनि बनाएको छ । हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१