close

कोरोनाको डरले एप्पलले रद्द गर्‍यो डेभलपर कन्फ्रेन्स, अनलाइन मार्फत हुने

टेकपाना टेकपाना

चैत २, २०७६ १०:४०

कोरोनाको डरले एप्पलले रद्द गर्‍यो डेभलपर कन्फ्रेन्स, अनलाइन मार्फत हुने

कोरोना भाइरसको त्रासका कारण एप्पलले आफ्नाे वार्षिक डेभलपर कन्फ्रेन्स रद्द गरेको छ । जुनमा आयोजना हुने उक्त कन्फ्रेन्स अनलाइनमार्फत मात्रै हुने कम्पनीले जनाएको छ ।

यो वार्षिक सम्मेलनमा एप्पलले आफ्नो नयाँ उत्पादन घोषणा गर्दै आएको थियो । ‘वर्तमान स्वास्थ्य स्थितिका कारण हामीले गर्ने वार्षिक सम्मेलनको शैली बदल्नुपर्ने आवश्यकता देखिएको छ,’ एप्पलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यो सम्मेलनमा भाग लिन एप्पलका सफ्टवेयर डेभलपरहरुले १ हजार ६ सय अमेरिकी डलर तिरेर टिकेट किनेका थिए । एप्पलको सान जोसस्थित हेडक्वार्टरमा हुने वार्षिक सम्मेलनमा भाग लिन वर्षेनी डेभलपरहरु उत्सुक हुने गर्थे तर यो वर्ष भने सम्मेलनमा उपस्थितको संख्या शून्य हुनेछ ।

यो वर्षको सम्मेलनमा एप्पलका प्रमुख कार्यकारी टिम कुक मुख्य वक्ता हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१