close

यूट्युवको प्रतिस्पर्धी बन्दै इन्स्टाग्राम

टेकपाना टेकपाना

चैत २, २०७६ ११:१९

यूट्युवको प्रतिस्पर्धी बन्दै इन्स्टाग्राम

इन्स्टाग्राम फोटो सेयर गर्ने प्लेटफर्म हो । तर इन्स्टाग्रामले आईजीटीभी नामक फिचर सुरुवात गर्दै लामो भिडियोको लागि पनि प्रिय प्लेटफर्म बन्ने कोशिस गरिसकेको छ ।

यूट्युवजस्तै आइजीटीभीमा पनि लामालामा भिडियो अपलोड गर्न सकिन्छ । अब भने इन्स्टाग्रामले आइजीटीभीमा पनि विज्ञापन राख्ने भएको छ ।

विज्ञापन राख्नुको अर्थ हो यसमा भिडियो अपलोड गर्ने प्रयोगकर्ताले पनि त्यसबापत् केही आम्दानी गर्न सक्नेछन् र सबैभन्दा बढी आम्दानी भने इन्स्टाग्रामलाई नै हुनेछ ।

यूट्युवमा पनि भिडियो अपलोड गर्नेले निश्चित शर्त पूरा गरेपछि विज्ञापनबापत्को आम्दानीको हिस्सा प्राप्त गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१