close

एआई सहित ३ क्यामरा भएको ह्वावे वाई सेभेन पी नेपाली बजारमा

टेकपाना टेकपाना

चैत २, २०७६ १३:३८

एआई सहित ३ क्यामरा भएको ह्वावे वाई सेभेन पी नेपाली बजारमा

काठमाण्डौं । ह्वावे कञ्जुमर बिजनेस ग्रुपले नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ । ४८ एमपीको मेन क्यामरा सहितको ट्रिपल क्यामरा सिस्टम रहेको मोबाइल थप नयाँ विशेषताका साथ बजारमा आएको हो ।

ह्वावे वाई सेभेन पी मूल्यअनुसारको सही उत्पादन खोज्ने ग्राहकहरूका लागि एकदमै सही रोजाई भएको कम्पनीले जनाएको छ ।

यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगमा उपलब्ध छ । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भएको ह्वावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २३,९९० रुपैयाँ तोकिएको छ ।

अल–राउण्ड फोटो खिच्न सकिने

ह्वावे वाई सेभेन पीमा पछाडि भागमा ट्रिपल क्यामरा सेट अप रहेको छ । यसमा एफ÷१.८ वाइड अपार्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ । जसमार्फत् हाई रेजोलुसनको फोटो खिच्न सकिन्छ ।

यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सट, समूहमा खिचिने फोटो तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्छ ।

साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा पनि रहेको छ ।

ठूलो १÷२ इञ्च सेन्सर भएको ह्वावे वाई सेभेन पीले कम प्रकाश भएको ठाउँमा पनि आकर्षक फोटोहरू खिच्न सक्छ ।

साथै नाइट मोडले ६ सेकेण्डभित्र खिचिने फोटोहरूका लागि स्टेबलाइजेसन सपोर्ट गर्दछ । ह्वावे वाई सेभेन पीमा एआई सिन रिकग्निसन क्यामेरा राखिएको छ ।

जसले पाँच सयभन्दा बढी सिनहरू आफै चिन्न सक्छ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गरिदिन्छ । साथै यसमा भएको पञ्च फूल भ्यू डिस्प्ले ह्वावेको क्यामेरा एआई एल्गोरिदमहरू सपोर्ट गर्ने शक्तिशाली ८ एमपी फ्रन्ट क्यामरा हो ।

फोनमा ह्वावे हिसन ६.० सराउण्ड साउण्ड, डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट समेत राखिएको छ ।

एक्सेसिबल

ह्वावे वाई सेभेन पीको पछाडिको भागमा रिफेक्लेटिभ लेयर रहेको छ, जसले फ्युचरिस्टिक ग्लेर इफेक्ट दिन्छ । मिड फ्रेमले दुई साइडहरूलाई बिना कुनै अवरोध कनेक्ट गर्दछ । जसले हेर्दा निकै आकर्षक देखिने स्ट्रिमलाइन्ड यूनी बडी दिन्छ ।

आकर्षक डिस्प्ले

शोस्टपरका रुपमा डिजाइन गरिएको ह्वावे वाई सेभेन पीमा आकर्षक पञ्च फुल भ्यू डिस्प्ले जडित छ । ६.३९ इञ्च अग्लो र थोरै बेजल भएको यो मोबाइलफोनले १५६० एक्स ७२० एचडी प्लस रेजोलुसन सपोर्ट गर्दछ ।

मोबाइलको बाँया भागमा माथी रहेको कुनामा ४.५ एमएम चौडाईको ब्लाइन्ड होल (प्वाल) छ । जुन मोबाइलफोन इन्डष्ड्रीमा हुने मध्येकै सबैभन्दा सानो हो ।

दिगो कार्यक्षमता

किरिन ७१० एफमा आधारित इन्टेलिजेन्ट ईएमयूआई ९.१ ह्वावे वाई सेभेन पीको उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जन सम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ ।

४ हजार एमएएच क्षमताको ब्याट्री तथा एआई पावर सेभिङ प्रविधियुक्त यो फोनको ब्याट्रीको आयु लामो र टिकाउ छ ।

ह्वावे एपग्यालरी

यो फोन ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) जडित छ प्रयोगकर्ताहरूले आफ्नो मोबाइलमा सजिलै एप डाउनलोड गर्न सकिने ह्वावे एप ग्यालरीका साथै अन्य आकर्षक फिचर समेत रहेका छन् ।

स्टाइलिश डिजाइन

ट्रेन्ड सेटिङ पन्च फूल भ्यु डिस्प्ले युक्त यो मोबाइलमा विशेष डिस्प्ले प्यानल राखिएको छ । साथै मोबाइल उद्योगकै अग्रणी ब्लाइन्ड होल सोलुसनले यसको डिस्प्ले स्टाइलिस देखिन्छ । मोबाइलमा सुरक्षित तथा छिटो अनलकका लागि फेस अनलक २.० प्रयोग गरिएको छ ।

ह्वावेले १७० भन्दा धेरै देशहरुमा आफ्ना उत्पादन तथा सेवाहरु उपलब्ध गराउँदै आएको छ । अमेरिका, जर्मनी, स्वीडेन, रुस, भारत तथा चीनमा गरी ह्वावेका १५ वटा अनुसन्धान तथा विकास आर एण्ड डी सेन्टरहरू रहेका छन् ।

विश्वको एक तिहाई जनसंख्याले कम्पनीका उत्पादन तथा सेवा प्रयोग गर्ने गरेका छन् ।
कञ्जुमर बिजनेस ग्रुप ह्वावेको तीनवटा बिजनेस युनिट मध्ये एक हो । जसअन्तर्गत स्मार्टफोन, मोबाइल ब्रोडब्यान्ड सर्भिस, होम डिभाइस तथा क्लाउड लगायतका सेवा तथा व्यवसाय रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१