close

सबैभन्दा बढी प्याटेन्ट दर्ता गर्ने कम्पनीमा ह्वावे

टेकपाना टेकपाना

चैत ३, २०७६ १५:२८

सबैभन्दा बढी प्याटेन्ट दर्ता गर्ने कम्पनीमा ह्वावे

एजेन्सी । विश्व प्रविधिको क्षेत्रमा आफ्नो नाममा प्याटेन्ट दर्ता गर्ने प्रवृति विकास भएको धेरै भइसकेको छ । आफूले विकास गरेका कतिपय प्रविधि आफ्नो नाममा दर्ता गर्ने र त्यसबाट वर्षाैं सम्म आम्दानी गर्ने कम्पनीहरु छन् ।

उदाहरणको लागि नोकियाले मोबाइल क्यामेरा आफ्नो नाममा दर्ता गराएको छ । जसले गर्दा मोबाइलमा क्यामरा प्रयोग गर्ने कम्पनीहरुले नोकियालाई पैसा तिर्नुपर्ने हुन्छ ।

त्यसैले पनि प्याटेन्ट दर्तामा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । सोही क्रममा युरोपियन प्याटेन्ट कार्यलयले सन् २०१९ सम्म प्याटेन्ट दर्ताको लागि आवेदन दिनेको लिस्ट सार्वजनकि गरेको छ । जसअनुसार ह्वावे पहिलो नम्बरमा रहेको छ ।

ह्वावेले सन् २०१९ को अन्त्यसम्म ३५ सय २४ वटा प्याटेन्ट आफ्नो नाममा दर्ता गराएको छ । अमेरिका तथा युरोपमा फाइभजीमा लगाएको प्रतिबन्धका बावजुद पनि ह्वावेले यो सफलता हात पार्न सफल भएको छ ।

त्यस्तै दोस्रो नम्बरमा सामसङ रहेको छ । सामसङले हालसम्म २८ सय ५८ वटा प्याटेन्ट आफ्नो नाममा दर्ता गराएको छ । भने तेस्रो नम्बरमा एलजी रहेको छ । एलजीको नाममा २८ सय १७ वटा प्याटेन्ट रहेका छन् । उत्कृष्ट १० कम्पनीमा युरोपका चार, एसियाका चार र दुई वटा अमेरिकन कम्पनी रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१