close

डिशहोमले सुरु गर्‍यो रियालिटी शो ‘सुनौलो तारा’

टेकपाना टेकपाना

चैत २, २०७६ १७:३९

डिशहोमले सुरु गर्‍यो रियालिटी शो ‘सुनौलो तारा’

काठमाडौं । डिशहोमले नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभा उजागर गर्न फरक धारको टेलिभिजन कार्यक्रम निर्माण तथा प्रशारण गर्न थालेको छ ।स्याटेलाइट टेलिभिजन प्रशारक कम्पनीले नेपालभरका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाबाट बाल प्रतिभा छनौट गरी ‘सुनौलो तारा’ कार्यक्रम सुरु गरेको हो ।

डिसहोमका अनुसार यो कार्यक्रम अडिसनमा सहभागी ४०० भन्दा बढी बालबालिकाहरु मध्येबाट छानिएका ४० जना बाल प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा रहने छ । डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टीभीमा चैत १ गते शनिवारदेखी यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राती ८ः३० वजे प्रशारण हुन थालेको छ ।

कम्पनीले आफ्ना सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी रियालिटी टीभी च्यानल उपलव्ध गराइएको जनाएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रममा सिल्भर माउण्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट सहप्रायोजकको रुपमा रहेको छ ।

डिशहोमले कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१