close

सिम लोकेटर जडान गर्दै नेपाल प्रहरी, सिमकार्ड प्रयोगको ठाउँ पत्ता लाग्ने

टेकपाना टेकपाना

चैत ३, २०७६ १०:२०

सिम लोकेटर जडान गर्दै नेपाल प्रहरी, सिमकार्ड प्रयोगको ठाउँ पत्ता लाग्ने

आपराधिक क्रीयाकलापमा प्रयोग भएको वा चोरी गरिएको मोबाइल पत्ता लगाउन नेपाल प्रहरीले उपकरण जडान गर्ने भएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सोमबार एक सूचना जारी गर्दै ‘सिम लोकेटर’ जडान गर्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र अनुसार इच्छुक कम्पनीले सिम लोकेटर जडानका लागि आवश्यक उपकरण जडान, परीक्षण लगायतका काम गर्नुपर्नेछ । सिम लोकेटरले प्रयोगकर्ताले कुन स्थानबाट सिमकार्ड प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउछ ।

नेपाल दूरसन्चार प्राधिकरणले पनि यसअघि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जडान गरेर अवैध रुपमा प्रयोग भएका वा चोरी भएका मोबाइल पत्ता लगाउने तयारी अगाडि बढाएको थियो । आइएमइआइ नम्बरको प्रयोग गरेर त्यस्ता मोबाइल पहिचान गर्ने लक्ष्य प्राधिकरणको थियो ।

नेपाल प्रहरीले भने खास गरि अपराधमा प्रयोग हुन सक्ने विभिन्न नम्बरका सिम प्रयोग भएका स्थान पत्ता लगाउन यो उपकरण जडान गर्न लागेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१