close

कोरोनाको जानकारी दिने म्याप बन्यो ह्याकरको हतियार

टेकपाना टेकपाना

चैत ३, २०७६ १३:३३

कोरोनाको जानकारी दिने म्याप बन्यो ह्याकरको हतियार

काठमाडौं । अहिले कोरोना सबैको चाँसोको विषय हो । विश्वमा महामारीको रुपमा फैलिएको यो भाइरसको विषयमा जानकारी हाँसिल गर्न हामी विभिन्न माध्यम प्रयोग गरिरहेका हुन्छौं ।

त्यसमा पनि इन्टरनेटमा सर्च गरेर यसको पछिल्लो अवस्था बारे जानकारी लिने सबैभन्दा सजिलो माध्यम बनेको छ । त्यसैले पनि विभिन्न संघ–सस्थाले कोरोनको रियलटाइम अपडेट प्रदान गर्नका लागि म्याप बनाएका छन् ।

त्यसमध्ये विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को साइट एक महत्वपूर्ण र विश्वसनीय छ । अन्य विभिन्न कम्पनीहरुले पनि यस्तो सेवा उपलब्ध गराएका छन् । तर, त्यही अब ह्याकरको लागि हतियार बनेको छ ।

प्रयोगकर्ताको जानकारी हाँसिल गर्नका लागि ह्याकरहरुले नक्कली म्याप बनाएर त्यसमार्फत प्रयोगकर्ताको डिभाइसमा मालवेयर पठाइरहेका छन् ।

उक्त नक्कली म्यापमा प्रयोगकर्ताले क्लिक गर्दा प्रयोगकर्ताको ‘युजर नेम’, ‘पासवर्ड’, ‘क्रेडिट कार्ड नम्बर’ लगायतका महत्वपूर्ण जानकारी हात पारिरहेको उल्लेख गरिएको छ । त्यसैले गूगल सर्च गरेर जुन पायो त्यही म्याप खोल्नुभन्दा अगाडि एकपटक अवश्य सोचविचार गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१