close

गलत सूचना रोक्न फेसबुक, गूगल, लिङ्कडिन, माइक्रोसफ्ट, ट्वीटर र युट्युव एकजुट

टेकपाना टेकपाना

चैत ४, २०७६ १४:३९

गलत सूचना रोक्न फेसबुक, गूगल, लिङ्कडिन, माइक्रोसफ्ट, ट्वीटर र युट्युव एकजुट

काठमाडौं । प्रायः जसो सबै प्रमुख सामाजिक सञ्जाल कम्पनीहरु आफ्नो प्लेटफर्ममा कोभिड-१९ को बारेमा संभावित गलत सूचनाको विरुद्ध एक ठाउँमा उभिएका छन् । सामाजिक सञ्जालहरुले संयुक्त स्टेटमेन्ट जारी गर्दै ‘हाम्रो समुदाय स्वस्थ र सुरक्षित राख्न अन्य कम्पनीहरुलाई पनि हातेमालोका लागि आमन्त्रित गर्दछौँ,’ स्टेटमेन्टमा लेखिएको छ ।

गत हप्ता गलत सूचना लगायतका कोरोना भाइरस सम्बन्धि विविध प्रयासका विषयमा अमेरिकाको प्रमुख प्राविधिक अधिकृत मिचले मिचेल कार्टसिओसले  मूख्य प्रविधि कम्पनीका प्रतिनिधिहरुसँग रिमोट मिटिङ आयोजना गरेका थिए । वासिङ्गटन पोस्ट र पोलिटिकोले समाचारमा उल्लेख गरेअनुसार ह्वाइटहाउसले गूगल, फेसबुक, अमेजन, माइक्रोसफ्ट, एप्पल, आईबीएम, सिस्को र ट्वीटरसँग सहयोगका लागि आग्रह गरेको थियो । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशकले गत महिना गलत सूचना कोभिड-१९ जत्तिकै खतरनाक रहेको बताएका थिए । करीब एक महिना अगाडि अर्थात फेब्रुअरी १५ मा कोरोना भाइरसलाई महामारी घोषणा गरेको डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले म्युनिख सेक्युरिटी कन्फ्रेन्सलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी केवल महामारीसँग मात्रै जुधिरहेका छैनौँ, हामी सूचना महामारीसँग समेत लडिरहेका छौँ ।’

तर प्रविधि कम्पनी केवल प्रयोगकर्ताका संदेहास्पद पोस्टसँग मात्रै लडिरहेका छैनन् । उनीहरुलाई कोभिड-१९ सँग सम्बन्धित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीट र फेसबुक पोस्ट सहितका भ्रामक अभिव्यक्तिसँग पनि लड्नुपरेको छ । 

ट्वीटरका प्रवक्ताले कोभिड-१९ को सन्दर्भमा ट्वीटरका नियमहरु समिक्षा गर्दै प्रयोगकर्ताका अपनाउनुपर्ने नयाँ काउण्ट व्यवहारहरु परिमार्जन गरेको भन्दै कम्पनीको एउटा अपडेट सेयर गरेका छन् । 

गूगलका सीईओ सुन्दर पिचाईले यसै सन्दर्भमा दुई ओटा ब्लक पोस्ट गरेका छन् । जसमा सूचनाको सुनिश्चितता लगायतका विषयमा उल्लेख गरिएको छ । 

प्रमुख सामाजिक सञ्जाल फेसबुकले कोरोना सम्बन्धि गलत सूचना विरुद्ध लड्न इन्स्टाग्राम र फेसबुकमा इन्फरमेसन कार्ड समावेश गरेको छ, जसबाट डब्ल्यूएचओ तथा अन्य स्थानीय स्वास्थ्य सम्बन्धि निकाय जस्ता आधिकारिक श्रोतमा रिडाइरेक्ट गर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१