close

पुरानो अपरेटिङ सिस्टमको अनुभव लिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत ४, २०७६ १६:४९

पुरानो अपरेटिङ सिस्टमको अनुभव लिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईंले प्रयोग गरिरहेको कम्प्युटरमा विण्डोज सेभेन, विण्डो एक्सपी वा विण्डो एट या त विण्डोज टेन हुनसक्छ । यदि तपाईं पुरानो अपरेटिङ सिस्टम प्रयोग गर्न चाहनुहुन्छ वा अनुभव लिन चाहनुहुन्छ भने त्यो पनि सम्भव छ । 

जसको नाम हो विण्डोज ९३ । सायद तपाईंलाई यसबारेमा केही पनि जानकारी नहुन सक्छ । कसैले यसको प्रयोग नगरेको हुनसक्छ र अहिलेको समयमा सायदै प्रयोग गर्न पाइन्छ । यदी तपाईं चाहनुहुन्छ भने त्यसलाई सजिलै प्रयोग गर्न सक्नुहुन्छ । 

त्यसका लागि तपाईंले धेरै केही गर्नैपर्दैन । सामान्य हिसावले गूगलको सर्च बारमा जानुहोस र windows93 टाइप गरेर सर्च गर्नुहोस् । त्यसमा आउने पहिलो लिंकमा क्लिक गर्नुहोस् । 

अब त्यहाँ तपाईंले विण्डोज-९३ को इन्टरफेस तथा यूआई देख्न सक्नुहुनेछ । यसमा सामान्य कम्प्युटरमा जस्तै विण्डोज-९३ चलाएर त्यसको वास्तविक अनुभव प्राप्त गर्न सक्नुहुनेछ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१