close

ओप्पो एफ-१५ नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत ५, २०७६ १०:४३

ओप्पो एफ-१५ नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ओप्पोको नयाँ स्मार्टफोन ओप्पो एफ फिफ्टिन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक अनलाइन ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८ एमपी अल्ट्रा वाइड एंगल माइक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओप्पो एफ पिफ्टिनले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई व्यवसायिक फोटोग्राफीको अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।

ओप्पो एफ फिफ्टिनको आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्किन खोजिएको छ ।

फोटोग्राफी

स्लिक प्याकेजमा उपलब्ध ओप्पो एफ फिफ्टिनमा कम्पनीले ४८ एमपी अल्ट्रा वाइड एंगल म्याक्रो क्वाडक्याम उपलब्ध गरेको छ । यसमा रहेको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइनमा फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोग गरिएको छ ।

यसमा रहेको वाइड एंगल मोडमार्फत प्रयोगकर्ताले करिब ३ सेन्टिमिटर सम्म म्याक्रोको प्रयोग गर्दै सहजै अटोफोकस गर्न सक्ने कम्पनीले जनाएको छ । जसका कारण खानाका तस्विर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु, फूल तथा किराहरुका तस्विर थप आकर्षक तरिकाले खिच्न सकिने बताइएको छ ।

फोनको फ्रन्ट तथा पछाडिको गरी दुबै क्यामेरामा एआई भिडियो ब्यूटिफिकेशन फिचर उपलब्ध गराइएका छ । नयाँ अल्गोरिदमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिस पनि समावेश छ ।

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) रहेको यो फोनमा एण्टि(शेक भिडियो पनि दिइएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत यो फोनले स्पष्ट, शार्प र सटिक भिडियो खिच्न सघाउँछ ।

फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो खिच्न मिल्ने नाइट प्रोटे«ट मोडपनि उपलब्ध गराएको छ । नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोट्रेट खिच्न सघाउँछ ।

त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेको तुलनामा अझ सटिक र गुणस्तरिय पोट्रेट लिन सघाउँछ ।

फोनमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बुके इफेक्ट पनि छ । यसको सहायताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोके ईफेक्ट समायोजन गर्न सकिन्छ ।

स्लिक डिजाइन र पर्फमेन्स

एक हातमा राखेर सहजै चलाउन सकिने ओपो एफ फिफ्टिन हलुका छ । ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम तौल रहेको यसको स्क्रिन टु बडी रेसियो २०ः९ छ ।

यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइएको छ भने क्यामेराको प्रकाशका आधारमा फ्ल्याशलाइटको व्यवस्था गरिएको छ ।

क्यामेराको सतहलाई माथी उठाएर लेन्सलाई थप सुराक्षा दिन डेकोरेटिभ रिङ राखिएको छ । ओप्पो एफ फिफ्टिनमा रहेको फिंगरप्रिन्ट अनलक ३.० ले ०.३२ सेकेण्डमै अनलक गर्छ ।

र्‍याम तथा रोम

मोबाइलमा ८ जीबी र्‍याम तथा १२८ जीबी रोम रहेको छ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओप्पो एफ फिफ्टिन ५ मिनेटमा १०% र ३० मिनेटमा ५०% चार्ज हुन्छ ।

९०.७% स्क्रिन टू बडी रेसियो तथो एफएचडी प्लस एमोलेड २४००×१०८० रेजोलुसन सहितको यो फोनले अल्ट्रा क्रिस्प गेमिङ तथा मनोरञ्जनमा सहजता दिलाएको छ ।

मूल्य

नेपाली बजारमा यसको मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ । चैत १० गतेदेखि बजारमा उपलब्ध हुने यो नयाँ फोन यूनिकर्न ह्वाइट र लाइटनिङ ब्ल्याक गरि दूई रंगमा उपलब्ध हुनेछ ।

सँगसँगै रेनो थ्री र एन्को फ्री पनि

ओप्पोले अनलाईन इभेन्ट मार्फत नै रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो रेनोथ्री र ओपो एन्को फ्री पनि सार्वजनिक गरेको छ । ओपो रेनोथ्रीको मूल्य ४६,९९० रुपैयाँ रहेको छ भने ओप्पो एन्को फ्रीको मूल्य ९,९९० रुपैयाँ निर्धारण गरिएको छ । दूबै उत्पादन चैत ४ देखि नै बजारमा उपलब्ध हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१