close

गलत सूचना रोक्ने नाममा फेसबुक नै झुक्कियो, सत्यतथ्य लिङ्क समेत ब्लक

टेकपाना टेकपाना

चैत ५, २०७६ ११:१५

गलत सूचना रोक्ने नाममा फेसबुक नै झुक्कियो, सत्यतथ्य लिङ्क समेत ब्लक

काठमाडौं । कोरोना भाइरस सम्बन्धि गलत सूचना रोक्न लागिपरेको फेसबुक आफै झुक्किएको छ । अफवाह फैलाउने र गलत सूचना रोक्ने योजनाका साथ सूचना फिल्टरिङ गरिरहेको फेसबुकले आज विश्वका विभिन्न देशमा फेसबुक पोस्ट र कमेन्टहरु ब्लक गरेको हो ।

यसरी पोस्ट र कमेन्ट ब्लक गर्दा फेसबुकले कोरोना भाइरससँग सम्बन्धि सत्यतथ्य जानकारी दिइएका लिंक समेत ब्लक गरेको छ । आज बिहानैदेखि फेसबुकले गरेका विभिन्न कन्टेन्ट ब्लकको विषय सामाजिक सञ्जालमा छाएको छ । यसको असर नेपालमा पनि परेको छ ।

यो विषयमा फेसबुकले अहिले समस्यालाई हल गर्ने काम भइरहेको जनाएको छ । समस्या कसरी आएको हो भन्ने विषयमा यकिन जानकारी नहुँदा अप्ठ्यारोमा अवस्था सिर्जना भएको छ । उक्त समस्या समाधानका लागि काम गरिरहेको फेसबुकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१